Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आकाशले बनाए स्कुल

फिल्मीखबर, काठमाण्डौ, 2015/08/15
निर्देशक एंव अभिनेता आकाश अधिकारीले आफ्नो सामाजिक संस्था 'आशाको ज्योती नेपाल' मार्फत शंखु ८, ललितपुरमा रहेको श्री कालीदेवी प्राथमिक विद्यालयको लागि पक्की भवन निर्माण गरी हस्तान्तरण गरेका छन् । सूचना तथा सञ्चार मन्त्री डा.मिनेन्द्र रिजालले शनिबार उक्त विद्यालयको तीन कोठे भवन व्यवस्थापक समितिका अध्यक्ष लालबहादुर घिमिङलाई हस्तान्तर गरे ।
 
 
सुरुमा विद्यालयको नमुना तस्बिर मन्त्री रिजाललाई अध्यक्ष आकाश अधिकारीले हस्तान्तरण गरेका थिए । सो विद्यालयको भवन निर्माणमा ग्लोबल रिच इन्टरनेशनलको सहयोग गरेको हो । विद्यालय हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सूचना तथा सञ्चार मन्त्री डा.मिनेन्द्र रिजालले भूकम्प पछिको विषम् परिस्थितिमा नेपाली फिल्मका कलाकारले पुर्याएको सेवा तथा सहयोगको प्रशंसा गरे । 
 
कार्यक्रममा उनले भने, ‘सरकारले मात्रै सबै चिज गर्न सक्दैन । सुखद् जीवन यापनमा फर्कन सबै व्यक्तिको सहयोगको आवश्यक छ । मनकारी व्यक्ति तथा संस्थाको सहयोगले नेपाल बलियो हुन्छ', उनले थपे, ‘आकाशजी र उहाँको आशाको ज्योती नेपालले गरेको यो सहयोग सर्हानिय छ ।’ 
 
फिल्मकर्मी आकाश अधिकारीले भने आफ्ना आफन्त साथीभाईको सहयोगबाट आफुले यस प्रकारको सहयोग गर्न सफल भएको बताए । उनले भने, ‘जब यो ठाउँमा आए, त्यसपछि मलाई विद्यालय बनाउँदा उचित हुन्छ जस्तो लाग्यो ।’ बर्खा सकिएपछि ‘आशाको ज्योती नेपाल’ ले रसुवामा बीस वटा प्रा.वि. तहका विद्यालय निर्माण गर्ने समेत आकाशले जानकारी दिए । 
 
आकाशले आफ्नो संस्था मार्फत बिभिन्न भूकम्प प्रभावित जिल्लाहरुमा राहत वितरणसँगै स्वास्थ्य शिविर चलाएका थिए भने सुत्केरी तथा गर्भवती महिलालाई एकसय बढी थान त्रिपाल समेत बाँडेका थिए ।  
 
यता विद्यालयका पूर्व अध्यक्ष कृष्णमान मगरले कम प्रथामिकतामा परेको मगर गाउँमा विद्यालय निर्माण गरिदिएकोमा कृतज्ञता प्रकट गरे । उनले भने, ‘विद्यालय त बन्यो अब लाइब्रेरीको पनि व्यवस्था भइदिए राम्रो हुन्थ्यो ।’ भूकम्पले विद्यालयसँगै मगर गाउँका सबै घर तथा गोठ समेत ध्वस्त भएको उनले खुलाए ।
 
पाँच कक्षासम्म पढाई हुने त्यस विद्यालयमा करिब सत्तरी जना विद्यार्थीहरु अध्ययनरत रहेको प्रधानाध्यापक गलबहादुर लामाले जानकारी दिए । त्यस क्षेत्रबाट निर्वाचित संविधान सभासद उदयशम्शेर जंग बहादुर राणाले उक्त सामाजिक कार्यको प्रशंसा गरे । 
 
विद्यालय हस्तान्तरण कार्यक्रममा मन्त्री रिजाल, आकाश अधिकारी र अभिनेता शिव श्रेष्ठ, हाँस्य व्याङ्ग्य कलाकारद्धय दीपाश्री निरौला र केदार घिमिरे ‘माग्ने बुढा’ सहित सञ्चारकर्मीको टोली त्यहाँ पुगेको थियो । दीपाश्री र ‘माग्ने बुढा’ ले आफ्नो छोटो प्रस्तुती मार्फत त्यहाँका स्थानियलाई हँसाए । 
Most Visited News (monthly)