Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बलिउड गायिका सञ्जिवनी नेपाल आउने

फिल्मीखबर, काठमाडौं, 2015/08/15

भारतीय गायिका सन्जिवनी नेपाल आउने भएकी छिन् । आउँदो भदौ २६मा हुने एनएफडिसी राष्ट्रिय अवार्डमा सहभागिता जनाउन उनी नेपाल आउन लागेकी हुन् । आयोजकले उनको सहभागिताको खबर पक्का गरेको हो ।


जिटिभीको गायन प्रतिभा खोज्ने कार्यक्रम सारेगमबाट उदाएकी सन्जिवनीले बलिउडसँगै थुप्रै नेपाली फिल्म तथा एल्बमका गीतमा पाश्र्व गायन गरेकी छिन् । सन्जिवनी सन् १९९५को ‘सारेगम’ सिजनको विजेता हुन् ।  सञ्जिवनीले विधुबिनोद चोपडाको चलचित्र ‘करीब’मा पाश्र्वगायनको सुरुवात गरेकी थिइन् ।  १९९८ मा प्रदर्शन भएको यो चलचित्रको ‘चोरी चोरी जव नजरे मिली’ बोलको गीत नै सञ्जिवनीको पहिलो पाश्र्वगायन हो ।

 


उनले नेपाली चलचित्र ‘मन मन्दिर’को लौ हौ माया सुटुक्कै आउनु है,‘ नेपाली बाबु’को यो साइनो मायाको टुट्दैन कहिल्यै, पर्खिबसेको फुलमा बागमा, ‘मेरो जीवन साथी’को सरसर बेग मारी, राजनीतिको ‘ए हावा सुन तलाई’लगायत थुप्रै आधुनिक गीतमा समेत स्वर दिएकी छिन ।सञ्जिवनीले हालसम्म ७ सय बढी स्टेज शोमा प्रस्तुति दिइसकेकी छिन ।तेस्रो एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा अन्य विदेशी कलाकारहरुको समेत सहभागिता रहने जनाएको छ ।

Most Visited News (monthly)