शाहरुख र काजोलको जोडी रहेको फिल्म ‘दिलवाले’ रिलिज नहुँदै १ सय ५० करोड कमाई गर्ने निश्चित भएको छ । निर्माताले रिलिज नहँुदै फिल्मका विभिन्न अधिकार बेचेपछि ‘दिलवाले’ले नचल्दै सो कमाई गर्ने निश्चित भएको हो ।
स्रोतका अनुसार निर्माता शाहरुख खान र रोहित सेठ्ठीले भारतमा मात्र फिल्म १३० करोडमा बेचेका छन् । विदेशमा पनि फिल्म ४० करोडमा बेचिसकिएको छ । संगीतको अधिकार वापत १५ करोड र स्याटालाइट अधिकार वापत् ४५ करोड फिल्मले पाउने टुंगो भईसकेको छ । यसरी फिल्मले रिलिज हुनु अगावै २ अर्ब ३० करोड जम्मा गर्नेछ । यसबाट फिल्ममा भएको लगानी ७५ करोड झिक्दा फिल्मको कूल मुनाफा १अर्ब ५५ करोड हुन जान्छ ।
फिल्मको सुटिङ ६० करोडमा सकिएको थियो भने निर्माताले १५ करोड पब्लिसिटीका लागि छुट्याएका छन् ।रोहित सेठ्ठीको निर्देशन रहेको फिल्ममा शाहरुख र काजोजको जोडी देख्न सकिन्छ । फिल्ममा बरुण धवन र कृति सेनन पनि मुख्य भूमिकामा छन् । फिल्म यही सालको क्रिसमसमा रिलिज हुँदैछ ।

