Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अक्षय कुमारको `ब्रदर्स`लाई २ दिनमै ३६ करोड

एजेन्सी, मुम्बई, 2015/08/16

ट्रेलर सार्वजनिक हुँदा खासै राम्रो समिक्षा नपाएको बलिउड अभिनेता अक्षय कुमार र सिद्धार्थ मल्होत्रा अभिनित फिल्म ब्रदर्सले कमाई भने राम्रो गरेको छ ।शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले २ दिनमै ३६ करोड कमाएको छ ।

दुई दाजुभाइको दुश्मनीको कथालाई समावेश गरिएको फिल्मलाई करण मल्होत्राले निर्देशन गरेका हुन् । धर्मा प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा ज्याकलिन फर्नान्डेज र जैकी श्राफको पनि मुख्य भूमिका छ । शुक्रबार १५ करोडको व्यापार गरेको यो फिल्मले शनिबार २१ करोडको व्यापार ग¥यो ।


यो बर्ष प्रदर्शनमा आएका अक्षय कुमारका २ फिल्मले सय करोड कमाउन सकेका छैनन् । यसैले पनि अक्षय ब्रदर्सले सय करोड कमाउनेमा ढुक्क छन् । आइतबारसम्म यो फिल्मको व्यापार ५० करोड माथि पुग्ने अड्कल काटिएको छ ।फिल्म ‘बाहुबली’बाट व्यापारिक रुपमा यो बर्ष गति लिएको बलिउडमा एक पछि अर्को हिट फिल्म प्रदर्शन भैरहेका छन् ।
‘ब्रदशर्’ अंग्रेजी फिल्म ‘वारियर्स’को बलिउड संस्करण हो ।

Most Visited News (monthly)