Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

पहिलो दिन कति कमायो `लब-सब`ले ?

फिल्मीखबर, काठमाडौं, 2015/09/12

शुक्रबार देखि रिलिज भएको फिल्म ‘लब सब’ले राम्रो सुरुवात गरेको निर्माता सुशील पोखरेलले बताएका छन् । उनले पहिलो दिनको कमाई सार्वजनिक गर्दै फिल्मले राम्रो व्यापार गरेको बताएका हुन् । पोखरेलका अनुसार फिल्मले पहिलो दिन चलेका स्टेशनबाट २२ लाख बराबर व्यापार गरेको जनाएका छन् ।


फिल्मले राजधानीका १६ र राजधानी बाहिरका २२ पर्दाबाट उक्त आम्दानी गरेको हो । जसमध्ये राजधानीबाट १२ लाख र बाहिरबाट १० लाख हाराहारीको व्यापार गरेको वितरकले बताएका छन् ।


युवा दर्शक लक्षित फिल्मले सामाजिक संजालमा आक्रामक प्रचार गरेको थियो । फिल्म हेर्ने दर्शकबाट पनि फिल्मले सकारात्मक प्रतिक्रिया पाएको निर्माता पोखरेलले जानकारी गराए । देव कुमार श्रेष्ठको निर्देशन रहेको फिल्ममा संयम पुरी, सलोन बस्नेत र करिष्मा श्रेष्ठ मुख्य भूमिकामा रहेका छन् ।

Most Visited News (monthly)