Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

आर्यनले दुबईमा घोषणा गरे नयाँ फिल्म

फिल्मीखबर, काठमाडौं, 2015/09/12

अभिनेता आर्यन सिग्देलले दुबईमा आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन् । दुबईको फुजिरामा भएको तीज विशेष कार्यक्रममा सहभागिता जनाउँदै आर्यनले नयाँ फिल्म ‘मरिना’को घोषणा गरेका हुन् ।


अनुप गिरीको निर्देशन रहने फिल्मलाई रतन थापाले निर्माण गर्न लागेका हुन् । फिल्म ‘मरिना’ सन्चारकर्मी श्याम अर्यालको मिजेल प्रोडक्सनमा बन्नेछ । फिल्ममा आर्यनसँगै प्रियंका कार्कीले पनि अभिनय गर्ने जनाईएको छ ।

 

थ्रिलर शैलीको फिल्म अब जाडो महिनामा फ्लोरमा जानेछ । फिल्मलाई अनुप स्वयंले लेखेका हुन् । अन्य प्राबिधिकको को-को रहने भन्ने कुरा सार्वजनिक भईसकेको छैन ।  

Most Visited News (monthly)