Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यन र प्रियंका उत्कृष्ट

फिल्मीखबर, काठमाडौं, 2015/09/12

आर्यन सिग्देलले फिल्म ‘नोभेम्बर रेन’ र प्रियंका कार्की ‘सुन्तली’बाट उत्कृष्ट ठहरिएका छन् । शनिबार वितरण गरिएको एनएफडिसी राष्ट्रिय अवार्ड तेस्रो संस्करणमा उनीहरु उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड हात पारेका हुन् ।

बौद्धस्थित होटल हायातमा वितण गरिएको अवार्डमा उत्कृष्ट फिल्म भने ‘कबड्डी’ बन्यो । सोही फिल्मका निर्देशक रामबाबु गुरुङ उत्कृष्ट निर्देशक घोषित भए । १७ विधामा प्रतिस्पर्धा भएको अवार्डमा ‘कुसुमे रुमाल’ सर्वोत्कृष्ट व्यवसायिक चलचित्र पुरस्कार ‘कोहिनूर’ले हात पार्‍यो । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको नाममा स्थापित ‘मह जुरी’ अवार्ड ‘माला’ निर्देशक सुदीप सिंह भुषालले प्राप्त गरे । पुष्कर चलचित्र पत्रकारिता पुरस्कार बिजयरत्न तुलाधरले प्राप्त गरे । 

 

गीत नृत्यको प्रस्तुतिका बीच सम्पन्न अवार्डमा गौरी मल्ल, यशराज गराच, नरेन खड्का, प्रमोद अग्रहरी, अनु शाह, एनी कुँवर, छुल्ठिम गुरुङ, आश्मा डीसी, नम्रता सापकोटा, विनोद न्यौपाने, नरेशवीर सिंह आदिले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा दीपकराज गिरी र दीपाश्री निरौलाले हास्य प्रस्तुति दिएका थिए ।

थप तस्विरहरू हेर्न यहाँँ क्लिक गर्नुहोस्  http://www.filmykhabar.com/pictures/634/

 

कार्यक्रममा भारतबाट आएकी सञ्जिवनीले नेपाली तथा हिन्दी गीत गाएर सुनाएकी थिइन् । उनले नेपालीमा गाएका केही गीतका टुक्राका साथै बलिउड फिल्म ‘करिब’को ‘चोरी चोरी’बोलको गीत सुनाएकी थिइन् । शुभबहादुर सुनाम संयोजक र चैत्यदेवी सिंह, मञ्जु कुमार श्रेष्ठ र प्रदीप उपाध्याय सदस्य रहेको निर्णायक टोली अन्तिम ५ बाट उत्कृष्ट एकको छनोट गरेको हो । अवार्डको यो तेस्रो संस्करण हो ।


विजेताहरुको नामाली यसप्रकार रहेको छ ।

 

'कबड्डी' - उत्कृष्ट फिल्म 

रामबाबु गुरूङ - उत्कृष्ट निर्देशक (कबड्डी) 
आर्यन सिग्देल - उत्कृष्ट अभिनेता (नोभेम्बर रेन)
प्रियंका कार्की - उत्कृष्ट अभिनेत्री (सुन्तली)
अनुप बिक्रम शाही – उत्कृष्ट सह-अभिनेता (हँसिया)
छुल्ठिम डोल्मा गुरुङ – उत्कृष्ट सह-अभिनेत्री (नोभेम्बर रेन)
संजोग कोइराला– उत्कृष्ट नव अभिनेता (उत्सव)
आश्मा डीसी– उत्कृष्ट नव अभिनेत्री (आभाष)
छेतन गुरुङ –  उत्कृष्ट लेखन (नोभेम्बर रेन)
शैलेन्द्रध्वज कार्की– उत्कृष्ट छायांकन (जेरी)
सुरेन्द्र पौडेल– उत्कृष्ट सम्पादन (आभाष)
राजकुमार उप्रेती– उत्कृष्ट द्वन्द्व निर्देशन
ताराप्रकाश लिम्बु– उत्कृष्ट संगीत
युवराज चौलागाईं– उत्कृष्ट पाश्र्व गायन
कविराज गहतराज– उत्कृष्ट नृत्य निर्देशन (हवल्दार सुन्तली) 
रामजी लामिछाने– उत्कृष्ट पाश्र्व संगीत (तथास्तु)
उत्तम न्यौपाने - उत्कृष्ट ध्वनी पुनः मुद्रण (मुखौटा)
कोहिनूर– कुसुमे रुमाल व्यवसायिक चलचित्र
सुदीप सिंह भुषाल– उत्कृष्ट मह जुरी अवार्ड (माला)
 
बिजयरत्न तुलाधर– पुष्कर चलचित्र पत्रकारिता पुरस्कार
Most Visited News (monthly)