Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`कालो पोथी` भेनिसमा उत्कृष्ट

फिल्मीखबर, काठमाडौं, 2015/09/12

फिल्म ‘कालो पोथी’ले इटलीमा जारी भेनिस फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । इन्टरनेसनल क्रिटिक्स विक्स तर्फबाट फेस्टिभलमा प्रतिस्पर्धामा रहेको फिल्मले सोही विधा तर्फको पुरस्कार जितेको हो ।


मिन बहादुर भामले पुरस्कार आफ्नो देशका लागि समर्पित रहेको बताएका छन् । सामाजिक सन्जालमा स्ट्याटस मार्फत भामले लेखेका छन्, 'म यो अवार्ड मेरो सुन्दर देश र नेपालीमा समर्पण गर्न चाहन्छु । देशमा शान्ति छाओस् र राजनीतिक संकटको समाधान चाँडो निस्कियोस् ।

 

उनले थपेका छन्, ‘यो अवार्ड मेरो टिम र सम्पूर्ण फिल्मकर्मीमा पनि समर्पित छ ।’ द्न्द्को पृष्ठभूमिमा बनेको फिल्मले दुई बालकको संघर्षको कथा भन्छ ।

Most Visited News (monthly)