अभिनेता निखिल उप्रेती नेपाली फिल्म क्षेत्रमा द्धन्द्धकै कारण चर्चित छन् । फिल्म पिजडामा ७ तलाबाट हाम फालेपछि एकाएक चर्चित बनेका निखिलले यसपछि भने नेपाली फिल्म क्षेत्रमा द्धन्द्धको ट्रेन्ड नै भित्राएका थिए । उनै निखिल ५ बर्ष फिल्म क्षेत्रबाट हराएका थिए ।
५ बर्षपछि उनले नेपाली फिल्ममा फर्किएर फिल्म ‘भैरव’को निर्देशन गरे । यो फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको छ । फिल्मलाई पूर्णतया द्धन्द्धप्रधान बनाइएको छ । उनै निखिलले अब देशमा द्धन्द्ध आवश्यक नरहेको बताएका छन् । एक कार्यक्रममा बोल्दै निखिलले अब पर्दामा मात्र द्धन्द्ध हुनुपर्ने भन्दै व्यवहारिक जीवनमा द्धन्द्धलाई रोक्नुपर्ने बताए । निखिलले पर्दामा मात्र द्धन्द्धलाई सिमित राख्न आग्रह गरे ।
तराईका विभिन्न स्थानमा द्धन्द्धका कारण मानिसहरु मरिरहेको समयमा निखिलले अब यसलाई फिल्ममा मात्र समावेश गर्नुपर्ने सुझाव दिएका हुन् । अभिनेता उप्रेतीले यसो भनेपनि फिल्मले समाजलाई सन्देश दिने भएकाले फिल्मबाट दर्शकले सिक्ने कुरा भने पक्का छ । यसका लागि पर्दामा पनि द्धन्द्धलाई त्यही अनुसार प्रस्तुत गर्न जरुरी छ कि ?

