फिल्म ‘नोभेम्बर रेन’बाट उदाएकी कलाकार छुल्ठिम गुरुङले यसपछि फिल्म नखेल्ने बताउँदै आएकी थिइन् । छुल्ठिमले आफूलाई फिल्म नगरिमा खासै रुची नभएको भनाई सार्वजनिक गरेर दर्शक निराश बनाएकी थिइन् ।
तर, शनिबार आयोजित एनएफडीसी अवार्डमा उत्कृष्ट सह अभिनेत्रीको अवार्ड पाएपछि भने छुल्ठिमको भनाई फेरिए जस्तो छ । उनले अवार्ड पाएपछि खुबै उत्तेजिक हुँदै आफूले दर्शकलाई निराश नपार्ने बताइन् । दर्शकको मायाले नै आफूले अवार्ड पाएको भन्दै उनले उनीहरुलाई निराश नबनाउने भन्दै मन्तव्य राखिन् । यतिमात्र होइन उनले अवार्ड समारोहमा नृत्य पनि गरिन् ।नेपालमा आयोजना हुन लागेका अन्य विभिन्न अवार्डमा पनि छुल्ठिमले नृत्य गर्दैछिन् । एउटा अवार्ड पाएपछि छुल्ठिमको अब भनाई फेरिए जस्तो छ ।

