सुरज पंचोली अहिले सलमान खानले निर्माण गरेको फिल्म ‘हिरो’बाट बलिउडमा उदाएका छन् । तर, कुनै समय बलिउडले नै उनको साथ छोडिदिएको थियो । अभिनेत्री जिया खानले आत्महत्या गरेपछि सुरजलाई त्यसका लागि दोषी ठहराईएको थियो ।
नराम्रो लतमा रहेका सुरजलाई ठिक यही समयमा सलमानले साथ दिएका थिए । यसको पछाडि केही कारण थियो । सलमान पनि लामो समयदेखि हिट एन्ड रन केसको मुद्दा लडिरहेका थिए । सुरज पनि जिया खानको हत्याको आरोपमा केही समय अदालत र जेलमा कुदेका थिए । आफ्नो र सुरजको भोगाई उस्तै रहेका कारणले पनि सलमानले सुरजलाई साथ दिएका थिए ।
सुरजका पिता आदित्य पंचोलीको ठूलो बंगला छ । तर, सुरज एउटा फ्ल्याटमा बस्दै आएका छन् । सलमान पनि पहिले यसरी नै सानो अपार्टमेन्टमा बस्ने गर्थे । सुरज र सलमान खानले पढेको विद्यालय पनि एउटै हो ।
फिल्म छायांकनका क्रममा सुरजले अभिनेत्रीहरुको खुबै ख्याल गर्ने गर्छन् । सलमान पनि यस्तै व्यवहार अभिनेत्रीसँग गर्छन् । सुरज र आफूबीच यस्तै समानता देखेपछि सलमानलाई सुरजको करिअरको जिम्मा लिएका थिए ।जैकी श्राफको डेब्यु फिल्म ‘हिरो’को रिमेकलाई समिक्षकले मन नपराए पनि फिल्मले व्यापार भने ठिकै गरेको छ । रिमेकलाई निखिल आडवाणीले निर्देशन गरेका छन् ।

