Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`वडा नम्बर ६`को ओपनिङमा दर्शकको ओइरो (भिडियो सहित)

फिल्मीखबर, काठमाडौं, 2015/09/18
असोज १ गतेबाट सार्वजनिक प्रर्दशनमा आएको फिल्म 'वडा नम्बर ६'ले काठमाण्डौंका सबै हलहरुमा हाउसफुलको ब्यापार गर्दै बम्पर ओपनिङ गरेको छ । आश गरे अनुरूप नै दर्शकको भीड फिल्म हलमा देखियो ।  
 
 
 
फिल्म निर्माण टिम र कलाकार दिनभरि नै उपत्यकाका विभिन्न हलहरुमा दर्शकहरुसँग भेटघाट गरेर फिल्मबारे प्रतिक्रिया लिनमा व्यस्त देखिए । दर्शकको उत्साहजनक उपस्थिती र प्रतिकृयाले कलाकार र निर्माण टिम निकै खुसी देखिएको छ । 'छ एकान छ' फिल्मले दिएको खुसी पुन: फर्किएको छ । 
 
 
गोपीकृष्ण प्राङ्गणमा दर्शकले केदार घिमिरे 'माग्ने बुढा'लाई बोकेर उचाले भने दिपकराज गिरी, सिताराम कट्टेल 'धुर्मुस', दिपाश्री निरौला तथा कुञ्जना घिमिरे 'सुन्तली'लाई पनि दर्शकहरुसँग फोटो खिच्न र अटोग्राफ दिन भ्याईनभ्याई भयो । फिल्मका वितरक गोपाल कायस्थले 'वडा नम्बर छ'ले सुनामी ल्याएको प्रतिकृया दिए ।  
 
काठमाण्डौ, भक्तपुर र ललितपुर गरि जम्मा २४ वटा हलहरुबाट प्रर्दशनमा आएको 'वडा नम्बर ६'ले मल्टिप्लेक्सहरुमा पनि निकै राम्रो शुरुवात गरेको निर्माता दिपकराज गिरीले जानकारी गराए । उज्जल घिमिरेको निर्देशनमा बनेको 'वडा नम्बर ६'मा १० बर्षे जनयुद्वको बेलाको कथालाई प्रस्तुत गरेको छ । 
 
प्राय सम्वादहरुमा दर्शकहरुलाई मज्जाले हँसाउने 'वडा नमबर छ'ले बेला बेला दर्शकको आँखामा आँशु पनि झारेको देखियो । दर्शकको यो प्रतिकृयाले निर्माता दीपाश्री निरौलाले मन थाम्न नसकेर हर्षका आँशु झारिन् । 
 
बन्द र हडताल तथा आन्दोलनका कारण यो फिल्म राजधानी बाहिर भने लागेको छैन ।   
 

Most Visited News (monthly)