अभिनेत्री रेखा थापाले होमप्रोडक्सनको फिल्म ‘रामप्यारी’को छायाँकन सुरु गरेकी छन् । सबिर श्रेष्ठ निर्देशित फिल्मको ललितपुरको गोदावरीस्थित हरिसीद्धी ईट्टा भट्टाबाट सुटिङ सुरु गरिएको हो ।
महिला टेम्पो चालकको कथालाई मुख्य विषयवस्तु बनाइएको फिल्म ‘राम प्यारी’मा रेखा थापा, सविन श्रेष्ठ, आभाष अधिकारी र आश्मा डिसी मुख्य भूमिकामा छन् । छायाँकनको पहिलो दिन अर्थात असोज १ गते नव अभिनेता आभाष अधिकारी र अभिनेत्री आश्मा डिसीले सट दिए ।
जगदिश्वर थापाको लेखन रहेको फिल्मलाई शिव ढकालले खिच्दैछन् । चैत २६ गतेदेखि प्रदर्शनमा ल्याउने तयारीका साथ फिल्मको छायाँकन सुरु यो फिल्म रेखा फिल्मस्को प्रस्तुतीमा सरस्वती थापाले निर्माण गर्ने छिन् ।

