Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`अवार्ड आयोजक दलाल हुन्` : नवल खड्का

फिल्मीखबर, काठमाडौं, 2015/09/18
कलाकार संघ अध्यक्ष नवल खड्काले नेपालका अवार्ड आयोजकहरु दलाल भएको आरोप लगाएका छन् । शुक्रबार बिज्ञप्ती जारी गर्दै उनले अवार्ड आयोजकमाथि यस्तो आरोप लगाएका हुन् ।
 
नवलले आफ्नो फिल्म ‘भिमदत्त’ले यसअघि सम्पन्न कुनै पनि अवार्डको नोमिनेशनमा नपरेको सन्दर्भमा अवार्ड आयोजकमाथि यस्तो गम्भिर आरोप लगाएका हुन् । उनले अवार्ड आयोजना हुनु स्वागतयोग्य भएपनि अवार्ड भ्रष्ट हुने गरेको उनको आरोप छ । 
 
नवलले जारी गरेको विज्ञप्तीमा भनेका छन्, ‘सिनेमा विकासका लागि अवार्डहरुको महत्वपूर्ण भूमिका रहन्छ । नेपाली सिनेमामा अवार्डहरु थपिने क्रम जारी छ  । जुन स्वागत योग्य कुरा हो । तर, सँगसँगै अवार्डहरुमा भ्रष्टता पनि बढ्दो छ । जुन दुःखद कुरा हो । यसै क्रममा फिल्म 'भीमदत्त' जुन राष्ट्रवादी धारको ऐतिहासिक फिल्म हो । सो फिल्म माथि अवार्डको नाममा नजर अन्दाज गर्ने, कतै अति मुल्याङ्कन गरे जस्तो गरि अन्ततः न्युन मुल्याङ्कन गर्ने हावी भएको हामीले महसुस ग¥यौ ।’ 
 
उनले अवार्डलाई राष्ट्रियतासँग जोड्दै भीमदत्तलाई अवार्ड नदिनु राष्ट्रियतालाई कमजोर पार्ने प्रयत्नको रुपमा व्याख्या गरेका छन् । बिज्ञप्तीमा भनिएको छ, ‘प्रतिस्पर्धामा पराजित भयो भन्ने नाममा राष्ट्रवादी धार कमजोर पार्ने प्रयत्न भएको छ । अहिले भइरहेका अवार्डमा निश्पक्षताका कसिमा कमजोर देखियो । राष्ट्रवादी चरित्र गुमाएको देखियो ।’ 
 
नवलले आफ्नो फिल्मलाई अवार्ड नदिनमा भारतीय दलालहरुको हात रहेको पनि तर्क गरेका छन् । उनले लेखेका छन्, ‘राष्ट्रियताको पक्षमा चलचित्र ‘दशगजा’ निर्माणदेखि शुरु भएको उनीहरुसँगको मेरो दुश्मनी चलचित्र ‘भीमदत्त’सम्म आइपुग्दा म लगायत मेरो सम्पूर्ण टिमलाई असफल बनाउन सफल भएका छन् भारतीय दलालहरु ।'
 
आजसम्म भएका सरकारले दिने राष्ट्रिय अवार्डदेखि लिएर संघ संस्थाले वितरण गर्ने अवार्डमा कुनै पनि विधामा नोमिनेसनमा सम्म पनि नपर्नुले नवलको पारो चढेको हो । उनले चारै तिरबाट भीमदत्तलाई घेरा हाली असफल बनाएको आरोप लगाएका छन् । आफ्नो फिल्मको मुल्याङ्कन एक दिन इतिहासमा हुने र दलालहरुले उन्मुक्ति पाउने छैनन् भन्ने कुरा समेत उनको विज्ञप्तीमा उल्लेख छ । 
 
कलाकार संघ अध्यक्ष खड्काले चलचित्र बिकास बोर्डले वितरण गर्ने राष्ट्रिय अवार्ड नपाएपछि पनि फेसबुकमा स्ट्याटस लेख्दै असन्तुष्टि पोखेका थिए । 
 
भीमदत्तले सही विषयवस्तु उठाएपनि प्रस्तुतिमा उत्तिकै मेहनत नगर्दा फिल्मले दर्शकबाट र समिक्षकहरुबाट पनि औसत प्रतिक्रिया पाएको थियो । तर, सोही फिल्मले अवार्ड नपाएको कुरालाई राष्ट्रियतासँग जोडेर नवलले असन्तुष्टिलाई अर्कै रंग दिएका छन् ।
 
भनिन्छ नि, 'आफ्नो गोरूको बार्‍है टक्का ।' 
Most Visited News (monthly)