Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कस्तो छ कंगनाको ‘कट्टी बट्टी’ ?

एजेन्सी, मुम्बई, 2015/09/20

निर्देशक निखिल आडवाणीले बनाएको बलिउडको आशातित चलचित्र ‘कट्टी बट्टी’ एक हलिउड चलचित्रबाट प्रभावित छ । यो चलचित्रका मुख्य नायक इमरान खान आफूले साँचो प्रेम गरेको यूवती कंगना रनावतसँगको प्रेम सकियो या छैन भन्ने बिषयमा नै घोत्लिन्छन् ।कंगना(पायल) करिब ५ बर्ष एकसाथ लिभिङ टूगेदरमा रहेपछि इमरान खान(म्याडी)लाई छाडेर हिड्छिन् । यो चलचित्रमा पायल एक सुन्दर यूवतीको रुपमा देखिएकी छिन्, जसलाई ‘आफू कस्ती हुँ’ भन्ने संझिन नै गाह्रो पर्छ । म्याडी पायलको दिमागमा के चलिरहेको छ भन्ने नै वुझ्दैन ।


चलचित्रको सुरुवात आकर्षक तबरले गरिएको छ, जहाँ म्याडी फ्ल्यासब्याकमा गएको देखाइन्छ । म्याडी पायलसँग बिताएका कुराहरु संझिन्छ । तर, म्याडी पायलसँग बिताएका कुराहरु लामो समयसम्म संझन चाहदैन । चलचित्रमा म्याडीले आत्महत्या प्रयास, पायलको नम्बर पाउनका लागि गरेका संघर्ष, ब्याण्डवाला बनेर पायलको बिहेका प्रवेश गर्ने काम उसले गर्छ ।
तर, चलचित्रमा यी कुराहरुलाई आकर्षक तबरले देखाइएको छैन । चलचित्र  सबैभन्दा रोचक र आकर्षक कंगना पर्दामा आएपछि नै देखिन्छ ।

 

कंगना र इमरानले बिताएका पलहरुलाई चलचित्रले रोचक तबरले देखाएको छ । तर, चलचित्रमा यस्ता दृश्य त्यति धेरै छैनन् । चलचित्रको पहिलो भागमा अन्य कलाकारले धेरै  समय लिएका छन्, जुन आवश्यक थिएन ।चलचित्रको अन्तिम आधा घन्टामा चलचित्रलाई बचाउनका लागि यसका निर्देशक निखिलले आफ्नो अघिल्लो चलचित्र ‘कल हो ना हो’को दृश्य सापटी लिएका छन् । यही दृश्यले नै दर्शकलाई रुवाउाछ ।

 


चलचित्रमा इमरानको लामो दृश्य नभएपनि उनले दर्शकलाई छाप छाड्न सफल भएका छन् । कंगना रनावत कमेडी दृश्यमा खुबै जमेकी छिन् । तर, उनलाई निर्देशकले यस्ता रमाइला दृश्यहरु दिएका नै छैनन् । यो चलचित्रमा मन छुने गीत, गतिलो प्रोडक्शन डिजाइन र केही रमाइला दृश्य छन् । तर, यत्तिले मात्र दर्शकलाई हलसम्म वाध्न सकिदैन । यो चलचित्रको कथा पेपरमा राम्रो भएपनि पर्दामा उतार्न निर्देशकले सकेका छैनन् ।

Most Visited News (monthly)