संगीतकार सुरेश अधिकारीलाई पितृ शोक परेको छ । उनका ८३ बर्षिय पिताको गृह जिल्ला काभ्रेपलाञ्चोकको कुशादेवी निवासमा बिहिबार निधन भएको हो ।
स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको आमाको मलामीबाट फर्केको केही समय लगत्तै संगीतकार अधिकारीले आफ्नो पिताको स्वर्गारोहण भएको दुःखद खबर सुन्नु परेको थियो । सुरेश अहिले स्वर्गिय पिताको कृयाक्रमका लागि गृहनगर काभ्रेमा छन् ।

