Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

सुरविनालाई फेसबुकमा फोटो हाल्ने हतारो

फिल्मीखबर, काठमाडौं, 2015/09/21

अहिले नेपाली फिल्मका कलाकार फेसबुकका लागि फिल्म खेल्छन् या दर्शकका लागि, वुझ्नै गाह्रो छ । झन्, कम मात्र फिल्म अफर आउने कलाकारलाई त एउटा फिल्म खेल्दा खुबै हुन्छ । उनीहरु दैनिकजसो सामाजिक संजालमा तस्बिर पोष्ट गर्छन् र आफूले फिल्म खेलिरहेको जानकारी गराउछन् । आफ्नो फिल्म भित्रको  गेटअप, भूमिका सबै उनीहरु सामाजिक संजालबाट नै सार्वजनिक गरिदिन्छन् ।


नेपाली फिल्ममा स्थान बनाउन संघर्षरत अभिनेत्री हुन् सुरविना कार्की । आश गरिएका ‘झेली’ र ‘नाइके नचलेपछि उनलाई लिएर फिल्म बनाउने उल्लेख्य रहेन । तर फाट्टफुट्ट फिल्म खेलने क्रम जारी छ । पछिल्लो समय उनले फिल्म ‘लुकामारी’मो अभिनय गरिरहेकी छिन् । सुरविनाले फिल्मको मुहुर्तदेखि दैनिक भैरहेका छायांकनको फोटो फेसबुकमा हालेर आफूले काम गरिरहेको जानकारी दिइरहेका छन् । फिल्म भित्र सुरविना विवाहित हुन्छिन् भन्ने जान्नका लागि दर्शकलाई हलसम्म जानुपर्दैन, कारण उनले फेसबुकमा यो तस्बिर हालेर सार्वजनिक गरिसकेकी छिन् । यसले गर्दा फिल्मको सस्पेन्स पहिले नै खोलिएको छ ।


यसैले त अहिले नेपाली फिल्मका कलाकारको काम दर्शकलाई भन्दा फेसबुकलाई भन्ने चर्चा चल्न थालेको छ । सायद, सुरविना पनि यही देखाउन खोज्दैछिन् । बलिउडतिर हेर्ने हो भने छायांकन सेटमा मोबाइल, क्यामेरा सबै रोकिएको हुन्छ । तर, नेपाली कलाकारका यस्ता कामले ट्रेलर आउँदा सम्म फिल्मको बिषयमा गोप्यता र रहस्य नै हराइसकेको हुन्छ ।

Most Visited News (monthly)