Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

देशको परिस्थितिले फाइदा गर्ला चंखेलाई ?

फिल्मीखबर, काठमाडौं, 2015/09/20

‘तपाई हाम्रो बारेमा सोच्दै हुनुहुन्छ, हामी देशको बारेमा सोच्दै छौ’ । यो संवाद फिल्म ‘चंखे शंखे पंखे’को हो । देशको परिस्थिती र यूवाहरुमा मौलाउँदै गएको दिकदारीको कथालाई यसले उठान गरेको छ ।यो फिल्म असोज ८ गतेबाट चल्दैछ । तर, असोज ३ अर्थात आज नेपालमा नयाँ संविधान जारी भएको छ र नेताहरुले जनताको स्यावासी पाइरहेका छन् । यो मेसोमा असोज ८ गतेबाट चल्ने फिल्म ‘चंखे शंखे पंखे’लाई लिएर विभिन्न खालका अड्कल काट्न थालिएको छ ।


सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्ममा उनीसँगै पुजा शर्मा, सुवास थापा,प्रेम पुरी मुख्य भूमिकामा छन् । यही कथाका लागि निर्माता सन्तोष सेनले करोड भन्दा माथिको बजेट खन्याएका छन् । उनको बजेट उठ्नका लागि ४ करोड हारहारीको व्यापार फिल्मले गर्नुपर्छ ।देशका बदलिदो परिस्थितीले चंखेको कथालाई फाइदा गर्ला कि घाटा ? के निर्माता सन्तोष सेन देशको बन्दै गएको वातावरणबाट फाइदामा जालान् ? यूवाहरुले नेताप्रति देखाएको असन्तुष्टी र वितृष्णाको कथाले अब बदलिएको परिस्थितीमा दर्शकलाई हलसम्म तान्ला ? चंखेका अगाडि झुण्डिएका प्रश्नहरु ह्ुन् यी ।


तर, चलचित्र भित्र उठाइएको राष्ट्रियताको कथालाई दर्शकले रुचाउन पनि सक्छन् । किनकी, अहिले नेपालमा फिल्मी माहोल बनिरहेको छ । जनता हलसम्म पुगेका छन् र फिल्मप्रति माया देखाएका छन् । देशको फेरिदो परिस्थितीले अहिले जनता उत्साहित छन् । यस्तो अवस्थामा राष्ट्र प्रेमको फिल्मलाई फाइदा पुग्ने अनुमान गर्न  सकिन्छ ।

Most Visited News (monthly)