नेपाली फिल्मको माहोल तात्न थालेको छ । अहिले फिल्मका प्रदर्शन र छायांकनको गति एकाएक बढेको छ ।असोज १ गते विश्वकर्मा पुजा पारेर ३ फिल्मले छायांकन आरम्भ गरेका छन् । जसमा अभिनेत्री रेखा थापाको निर्माणमा बन्न लागेको फिल्म ‘रामप्यारी’, राजु गिरीको फिल्म ‘डिल्लीराम’ र श्रीराम दाहालको ‘लुकामारी’ रहेका छन् ।
सुटिङ गर्दा गर्दै रोकिएको ‘ड्रिम्स’ले पनि असोज १ बाटै छायांकन प्रारम्भर गरेको छ । सविर श्रेष्ठको ‘रामप्यारी’मा रेखा सहित सबिन श्रेष्ठ, आश्मा डिसी, आभाष अधिकारी आदि कलाकारको अभिनय रहनेछ भनेसौगात मल्ल, रिस्ता बस्नेत र सुरविना कार्कीलाई लिएर नव निर्देशक श्रीराम दाहालले ‘लुकामारी’ सुरु गरेका हुन् ।एकपछि अर्को फिल्म छायांकनमा गएपछि यसको बजारमा पनि तात्न थालेको छ । फिल्म ‘नाई नभन्नु ल ४’ र ‘के म तिम्रो होइन र’ को छायांकन भैरहेको छ ।

