Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

३ अभिनेतासँग एक्ली केकी

फिल्मीखबर, काठमाडौं, 2015/10/18

फिल्म चल्न करिब ५ महिना बाँकी रहँदै निर्माता तथा संगीतकार चेतन सापकोटाले फिल्म भाग् सानी भाग्को आइ लभ यू बोलको गीत सार्वजनिक गरेका छन् । नवल नेपालले निर्देशन गरेको यो फिल्मको गीत तिहार पर्वलाइ लक्षित गरि सार्वजनिक गरिएको चेतनको भनाई छ । तिहारमा गीत घन्किएको खण्डमा त्यसले फिल्मलाई पनि फाइदा पुग्ने विश्वास उनको छ ।


फिल्मको आइ लभ यू बोलको गीतलाई  पुरानो शैलीमा ढालिएको छ । गीतमा केकीसँग अभिनेताहरु सरोज खनाल, रमेश उप्रेती, जीवन लुइटेलले काम गरेका छन् । गीतलाई फरक ढंगले कोरियोग्राफी गरिएको छ ।


कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतमा उनले केही नयाँ प्रयोग पनि गरेका छन् । चेतन सापकोटाको संगीत तथा शब्द रहेको गीतलाई रामचन्द्र काफ्ले र जुनु रिजालले गाएका हुन् । फिल्म चैत्र ५ गतेबाट देशभर चल्नेछ । फिल्ममा केकी अधिकारीसँग अभिनेता सविन श्रेष्ठले काम गरेका छन् । सरोज, रमेश र जीवन भने फिल्म भित्र केकीको सपनामा आउछन् । सोही समयमा केकीले यो गीत संझिएकी हुन् ।

 

Most Visited News (monthly)