Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परदेशी’ कुर्दै रजनी

फिल्मीखबर, काठमाडौं, 2015/10/18

अभिनेत्री रजनी केसी हिजोआज टेलिभिजनका पर्दादेखि मिडियामा छाएकी छिन् । फिल्म ‘लोफर’ निर्माण गर्ने तयारी गर्दै गर्दा रजनीको चर्चा खुबै भएको थियो । निर्माता छविराज ओझाको ब्यानरबाट डेब्यू गरेकी रजनीको चर्चा सो समयमा खुबै भयो । तर, फिल्म असफल भएपछि रजनी पनि हराइन् ।

 

छविकै ब्यानरबाट आएका रेखा थापा, शिल्पा पोख्रेल चर्चामा छन् । तर, छविको ब्यानर रजनीका लागि फलिफाप भएन । यसैले उनी अब फिल्म ‘परदेशी’को बाटो कुरिरहेकी छिन् ।
फिल्म भित्र आफू गाउँले सोझी यूवतीको भूमिकामा देखिएको रजनीको भनाई छ । उनले नृत्य गरेको एक गीत अहिले चर्चामा पनि छ । उनी फिल्ममा गायक तथा अभिनेता प्रशान्त तामाङकी प्रेमिका बनेकी छिन् ।

 

‘परदेशी’ फिल्म प्रदर्शनमा आउन  समय लागेकाले पनि आफू हराएजस्तो देखिएको रजनीको भनाई छ । उनले आफू आफ्नै मिहिनेतले अगाडि बढेको भन्दै ‘परदेशी’ले करिअरलाइ उठाउने विश्वास गर्छिन् । राजेश वंशलको निर्माणमा नारायण रायमाझीले निर्देशन गरेको यो फिल्मको बिषयवस्तु अहिले चर्चामा छ । कात्तिक ३ गतेबाट देशभरका हलमा लाग्ने यो फिल्मको ‘भन्थ्यौ आमा’ बोलको गीत चर्चामा छ ।

Most Visited News (monthly)