Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक्सन छाडेर राजनीतिमा निखिल

फिल्मीखबर, काठमाडौं, 2015/10/18

अभिनेता निखिल उप्रेती एक्सन फिल्मका कारण चिनिएका छन् । निखिलको चर्चा पनि यस्तै फिल्मका कारण हुने गर्दछ । निखिल फिल्म क्षेत्रमा ५ बर्षपछि कमब्याक हुँदै गर्दा भैरव जस्तो एकसन फिल्मका साथ भएका थिए । उनले अभिनय गरेको अर्कोृ एक्सन प्रधान फिल्म ‘लुटेरा’ कात्तिक २७ गतेबाट चल्दैछ । निखिललाई दर्शकले एक्सन फिल्ममा रुचाएका पनि छन् ।


तर, अब निखिलको टर्न अप हुने भएको छ । निखिल एक्सनबाट राजनीतिक बिषयमा प्रवेश गर्दैछन् । निर्माता तथा वितरक नरेन्द्र महर्जनले बनाउन लागेको नयाँ फिल्म ‘संरक्षक’मा निखिलको यस्तै भूमिका छ । फिल्मको बारेमा थप केही खुलाइएको छैन तर फिल्ममा निखिलसँगै अभिनेता सौगात मल्लले पनि काम गर्ने चर्चा छ ।  
निखिल यो फिल्म आफ्ना लागि परिक्षा भएको बताउँछन् । एक्सनमा चम्केको अभिनेतालाई राजनीतिक बिषयमा दर्शकले रुचाउँछन् या रुचाउँदैनन् हेर्न बाँकी छ । फिल्मको छायांकन चाडै नै सुरु हुनेछ ।

Most Visited News (monthly)