‘जेरी’ फेम अभिनेत्री आना शर्माले अनमोलसँग ब्रेक अप नभएको बताएकी छिन् । फिल्मीखबरसँगको एक भेटमा उनले ब्रेक अपको हल्ला निराधार भएको बताएकी छिन् । उनले अनमोल केसी र आफू साथी मात्र भएको र साथीसँग ब्रेक अप हुने सम्भावना नरहेको जिकिर गरेकी हुन् ।
उनले भनिन, ‘अनमोल र म राम्रो साथी हौं । बाहिर बजारमा आएजस्तो हाम्रो सम्बन्ध हैन । उ पनि ‘ड्रिम्स’को सुटिङमा व्यस्त थियो र मेरो पनि एक्जाम चलिरहेको थियो । त्यही भएर केही समय हामीबीच कम्युनिकेशन ग्याप भएको साँचो हो । तर अन्य हल्ला निराधार हुन् ।
’आना र अनमोलले ‘जेरी’मा सँगै अभिनय गरेका थिए । त्यसयता दुवैको बीचमा अफेयर रहेको अनुमान गरिएको थियो र अघिल्लो हप्ता मात्र उनीहरुको बीचमा ब्रेक अप भएको खबर आएको थियो ।आनाले ‘जेरी’ यता कुनै पनि फिल्म साइन गरेकी छैनन् भने अनमोलले आफ्नै पिता भुवन केसीको निर्देशकिय डेब्यु रहेको फिल्म ‘ड्रिम्स’को छायांकन सकाएका छन् ।

