Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

लिंक अपको खबर नआउँदा दुःखी आलिया

एजेन्सी, मुम्बई, 2015/10/19

बलिउडमा धेरैजसो कलाकार लिंक अपको खबर सकभर लुकाउने प्रयास गर्छन् । उदाहरणका लागि रणवीर कपुर – कट्रिना कैफ, रनवीर सिंह–दीपिका, विपाशा वसु–करण सिंह ग्रोबर । सँगै रात बिताएको सम्म खबर आउँछ तर मिडिया सामु यिनीहरु आफूहरुको प्रेम स्विकार्दैन र सधैं मिडियाले आफ्नो नाम जोडेको भनेर गुनासो गर्छन् । तर यस्ता प्रवृत्तिको ठिक उल्टो आलिया भट्ट भने आफ्नो लिंक अपको खबर नआउँदा आफूलाई दुःख लाग्ने गरेको बताउँछिन् ।


‘केही दिनसम्म मेरो लिंक अपको खबर आएन भने मलाई दुःख लाग्छ । मेरो बारेमा खबर आईरहेको छैन भने मानिसहरु मेरो कुरा काटिरहेका छैनन् भन्ने बुझ्छु म । यस्तो कुराले मलाई चिन्तित बनाउँछ,’ उनले बिबिसीसँगको कुराकानीमा भनेकी छिन् ।


एक वर्षपछि ‘शानदार’ मार्फत बलिउड फर्कन लागेकी आलियाले आफूलाई सधैं सह कलाकारसँग जोडिने गरेको र आफूले यस्ता कुरा सानो उमेर देखिनै देख्दै आएकोले आश्चर्य नलाग्ने बताएकी हुन् । आलियाले आजसम्म जुन जुन फिल्म गरेकी छिन् ति सबै हिरोसँग उनको नाम जोडिने गरेको छ । आलिया हाल भने ‘स्टुडेन्ट अफ दि इयर’ अभिनेता सिद्धार्थसँग अफेयरमा रहेको चर्चा छ । यो भन्दा पहिले भने आलियाको नाम अर्जुन कपुर, बरुण धवनसँग जोडिने गरेको थियो ।

Most Visited News (monthly)