श्रृखंलाबद्द रूपमा हिट हुँदै आएको फिल्म 'नाईं नभन्नु ल'को चौथो श्रृखंलाको गीत रिलिज गरिएको छ । सांगीतिक सफलतासँगै व्यवसायिक सफलता पाउँदै आएको 'नाईं नभन्नु ल' नेपाली फिल्म ईतिहासमा सबैभन्दा धेरै सिक्वेल बनेको फिल्म पनि हो ।
केहीदिन अगाडी मात्रै सुटिङ सकिएको यो फिल्मको प्रेम परियारको स्वरमा रहेको 'मैना राजा मैना रानी' बोलको गीत सार्वजनिक गरिएको हो । पूर्वेली भाकामा रहेको प्रस्तुत गीतमा बसन्त सापकोटाको संगीत छ । गीतको शब्द भने निर्देशक बिकास आचार्यले नै कोरेका हुन् ।
कविराज गहतराजले करियोग्राफी गरेको गीतमा फिल्मका कलाकार अनुभव रेग्मी, प्रियंका कार्की, बर्षा राउत, पल शाहको साथमा अतिथी कलाकारको रूपमा राजेश पायल राई, केकी अधिकारी, दिपकराज गिरी, दिपाश्री निरौला, संजोक कोईराला लगायतले नृत्य गरेका छन् । दिनेश पोखरेल र हरिबोल भण्डारीले निर्माण गरेको यो फिल्म आउँदो चैत्र २७ गते रिलिज हुनेछ ।

