Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हाहाकारमा `अधकट्टी` प्रिमियर

फिल्मीखबर, काठमाडौं, 2015/10/19
देश अहिले हाहाकारको अवस्थामा छ । पेट्रोल, डिजेल, ग्यांसलगायतका दैनिक उपभोग्यका सामाग्रीको अभावले गर्दा जनजीवन अस्तव्यस्त छ । दशैंको मुखमा यस किसिमको हाहाकारले समस्यामाथि समस्या थपेको छ । यस अवस्थामा पनि न फिल्मकर्मीहरूलाई मनोरञ्जनले रोकेको न दर्शकलाई । 
 
 
 
दशैंको अवसर पारेर कार्तिक ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'अधकट्टी' निर्माण टिमले सोमबार प्रिमियर गर्‍यो । हाहाकारका बाबजुत पनि प्रिमियरमा फिल्मकर्मीको बाक्लो उपस्थिती देखियो । घट्दो प्रिमियर माहोललाई 'अधकट्टी'ले राहत दियो । 
 
दशैंको सेरोफेरोमा पञ्चे बाँजा बजाएर गरिएको फिल्मको प्रिमियरले नेपाली पन र नेपाली संस्कृतीको सम्मान गरेको बुझिन्थ्यो । त्यतिमात्र हैन भेटेर नै एकअर्कालाई दशैंको शुभकामना दिने मौका जुराईदियो । 
 
प्रदिप कुमार उदयको निर्माणमा तयार भएको कमेडी फिल्मलाई सञ्चारकर्मी सुब्रत आचार्यले निर्देशन गरेका हुन् । उनको पहिलो निर्देशकिय फिल्मलाई उपस्थित फिल्मकर्मी तथा सञ्चारकर्मीले रूचाएको पाईयो ।
 
फिल्ममा विल्सन विक्रम राई, गौरव पहारी, प्रदीप बाँस्तोला, अशिष्मा नकर्मी र रिस्ता बस्नेतको मुख्य भूमिका रहेको छ । त्यस्तै फिल्ममा नम्रता श्रेष्ठको एक बिशेष नृत्य र गजित विष्ट अतिथि भूमिकामा प्रस्तुत भएका छन् । 
Most Visited News (monthly)