Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

हिटको खोजीमा अनुप

फिल्मीखबर, काठमाडौं, 2015/10/19

अभिनेता अनुप विक्रम शाही फिल्मको पर्दामा जोडदार अभिनय त गर्छन् । तर, उनको अभिनयको चर्चा फिल्मी बजारमा खासै भएको छैन । उनले फिल्म ‘हँसिया’मा जोडदार खलपात्रको भूमिकामा काम गरे, तर पनि अनुपलाई अन्य केही अभिनेता जस्तो सफलता अझै मिलेको छैन ।


तर, कात्तिक ५ गतेबाट देशभर चल्ने फिल्म ‘ठमेल डट कम’ अहिले अनुपकै कारण चर्चामा छ । यो फिल्मको तिमी नभए बोलको गीत सार्वजनिक भएसँगै अनुपको लुक्सको तारिफ भयो । फिल्मको ट्रेलरमा पनि अनुप नै हाबी छन् ।गोपिकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्मलाई राजकुमार शर्माले निर्देशन गरेका हुन् ।

 

फिल्ममा नरेन खड्का, प्रमोद अग्रहरी, नितु पोख्रेल पनि मुख्य भूमिकामा छन् । तर, अनुपको लुक्स र स्टाइलले यतिबेला अरुलाई छायाँमा पारेको छ । फिल्मको निर्माण ब्यानर पनि अहिले अनुपलाई नै लिएर आशावादी देखिएको छ ।नारी प्रधान यो फिल्मको मुख्य कथा भने अभिनेत्री नितुको वरिपरी घुमेको छ ।

Most Visited News (monthly)