Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

च्यारिटीमा ‘परदेशी’लाई सकारात्मक प्रतिक्रिया (भिडियो सहित)

फिल्मीखबर, काठमाडौं, 2015/10/20

प्रदर्शन पूर्व गरिएको च्यारिटीमा फिल्म परदेशीले राम्रो चर्चा बटुलेको थियो । फिल्मीखबरलाई उपलब्ध भिडियोमा फिल्म हेर्ने अधिकांश दर्शकले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन् । फिल्म हेर्ने सबैले फिल्म सन्देशमुलक र यथार्थवादी रहेको भन्दै सबैलाई हेर्न सुझाव दिएका छन् ।


लोकगीतको पृष्ठभूमिबाट निर्देशनमा आएका नारायण रायमाझीले निर्देशन गरेको फिल्मले पनि गाउँले जीवनलाई नै आफ्नो कथा बनाएको छ । फिल्मले अरबमा जानुपर्ने बाध्यता र त्यसले समाजमा पारेको प्रभावलाई केलाउने प्रयास गरेका छ ।


फिल्ममा प्रशान्त तामाङ, रजनी केसी, नरेन खड्का, प्रविण खनियाँ आदि कलाकारले अभिनय गरेका छन् । फिल्मलाई राजेश वंशल र नारायण रायमाझी मिलेर निर्माण गरेका हुन् । दुवैले यसअघि ‘गोर्खा पल्टन’ निर्माण गरेका थिए जुन अत्यधिक सफल भएको थियो । मंगलबारबाट करिब ६० वटा पर्दामा रिलिज भएको ‘परदेशी’ले राम्रो व्यापार गर्ने निर्माण समूहको विश्वास रहेको छ । फिल्मका गीतले दर्शकको मन जितिरहेका छन् ।

 

Most Visited News (monthly)