Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

हमालको काँधमा ‘बाग्मती’

फिल्मीखबर, काठमाडौं, 2015/10/28

राजेश हमाल हमाल पछिल्लो समय पर्दामा खासै जम्न नसकेको आरोप लागिरहँदा विल्कुलै फरक परिवेश र फरक विषयबस्तुमा  हमाल ‘बाग्मती’ मार्फत पुनरागमन जनाउँदैछन् । आउँदो पौष २४ मा रिलिज हुने चलचित्रको तर्फबाट हालै सार्वजनिक केहि प्रचार सामग्रीहरुले नै ‘बाग्मती’ले हमालको पुरानो क्रेजलाई पुनः स्थापित गर्ने आँकलन सुरु भएको छ ।


यसअघी सार्वजनिक टिजर र ट्रेलरले पनि यो चलचित्रमा हमालको दमदार एक्शन समेटिएको अनुमान छ । ‘महानायक ईज ब्याक’ नै स्लोगनसहित चलचित्र युनिट हमालको पुरानो क्रेजलाई जीवन्त बनाउनमा लागि परिरहेको छ । हमालको अभिनय र चलचित्रप्रति धेरैको आशा बढी हुनु तथा चलचित्रप्रति कौतुहलता जाग्नुको पछाडी चलचित्रको निर्माण स्टाईल र निर्देशक छन् । भारतिय निर्देशक सन्नी केराला निर्दे्शित यो चलचित्र पुर्णतः साउथ ईण्डियन प्रविधीमा निर्माण भएको छ । पोष्ट प्रोडक्शनको क्रममा रहेको चलचित्रको आन्तरिक कामको लागी अहिले निर्देशक नेपालमा छन् ।


त्यसो त यो चलचित्रमा महानायक हमालसँगै अर्का पुराना नायक शिव श्रेष्ठले पनि स्थान लिएका छन् । ‘बाग्मती’को एक हिस्सा बनेर बर्षौंपछि नेपाली दर्शकमाझ उदाउँदै गरेका श्रेष्ठको पुरानो क्रेजले पनि उनलाई र नेपाली चलचित्रलाई माया गर्नेहरुकोलाई खुसी त दिएको छ नै, यसको प्रत्यक्ष प्रभाव चलचित्र रिलिजपछी सिनेमा हलमा देखिनेमा चलचित्रका प्रस्तुतकर्ता दिनेश दर्शनधारी र विजय सत्याल विस्वस्त छन् ।

 

अनिष नापित कार्यकारी निर्माता रहेको चलचित्रमा यसोधा राई, सुवर्ण महर्जन, अञ्जना भारी, सरस्वती दर्शनधारी र आयुष दर्सनधारीको पनि लगानी छ । मुख्यतः एक्शन बोल्ने चलचित्र ‘बाग्मती’मा द्वन्द्व निर्देशन राजकुमार उप्रेतीको छ ।महानायक राजेश हमालको साख र क्रेजलाई जीवन्त राख्ने लक्ष्यसहित चुनौती मोलेर दर्शकमाझ आउँदै गरेको चलचित्रले दर्शकमा कस्तो प्रभाव पार्छ, त्यो भने रिलिज पछि पुष्टि हुनेछ ।

Most Visited News (monthly)