Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रणदीपले शोभराजलाई काठमाण्डौमा भेटे

फिल्मीखबर, काठमाडौं, 2015/10/28
विकनी किलरको नामले परिचित फ्रान्सेली नागरिक चाल्र्स शोभराजको जीवनीमा बनेको फिल्म ‘मैं और चाल्र्स’का अभिनेता रणदीप हुडाले नेपालको केन्द्रिय कारागारमा रियलमा नै शोभराजलाई भेटेका छन्।
 
 
आउँदो शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘मे और चाल्र्स’मा हुँदाले शोभराजको भूमिका निभाएका छन् । फिल्म शोभराजको जीवनीमा आधारित भएकोले आइतबार अभिनेता रणदीप फिल्मका निर्देशक प्रवल रमणसहित चाल्र्स भेट्न काठमाण्डौ आएका हुन् । 
 
केन्द्रिय कारागारका जेलर वेदबहादुर कार्कीका अनुसार उनीहरु एउटा पोष्टर बोकेर शोभराजलाई भेट्न आएका थिए । काठमाडौंको त्रिभुवन विमानस्थलमा झर्दासम्म शोभराजसँग भेट्न पाइएला भन्ने रणदीपले भारतीय सञ्चारमाध्यमसँग भने,‘भेटमा मैले शोभराजको भूमिका निभाउने कोसिस गरेकोमा शोभराज खुशी देखिएका थिए । मैले उनलाई अनुमति लिएर फिल्म देखाउने बताएको छु ।’ 
 
मुस्किलले १० मिनेट सात फिटको दूरीमा रहेर चार्ल्ससँग कुराकानी गरेका अभिनेता हुडाले भने, 'उहाँले हाम्रो फिल्मको ट्रेलर जेलमा नै रहेको टिभीमा हेरेर रुचाउनुभएको रहेछ । भेटका क्रममा फिल्म हेर्ने इच्छा जाहेर गरेपछि त्यसका लागि अनुमति लिएरै अर्को भेटमा हेर्ने वातावरण बनाउने आश्वासन दिएर फर्कियौं ।' 
 
शोभराजले रणदीपसँग आफ्नो चरित्रको बारेमा गहिरो जानकारी कसरी भयो भन्ने जिज्ञासा राखेका थिए । प्रतिउत्तरमा अभिनेता हुडाले केही भिडियो फुटेजको अध्ययनबाट चरित्रमा डुब्ने प्रयास गरेको मिडियासामु बताए । 
Most Visited News (monthly)