गोपिकृष्ण हल म्यानेजर तिर्थ पौडेललाई प्रहरीले हिरासतमा लिएको छ । उनलाई प्रहरीले मंगलबार हल परिसरबाटै समातेको हो । मंगलबार प्रहरीले गोपिकृष्ण हलमा छापा हानेको थियो ।हल परिसरमा जुवाको खेल खेलाएको भन्दै प्रहरीले तिर्थ पौडेल र उनका भतिज इश्वर पौडेललाई समातेको हो ।
मंगलबार समातिएपनि अनुसन्धानका लागि भन्दै ७ दिनको म्याद थप गरिएको स्रोतले बतायो । हल भित्र केही गुण्डाहरुलाई भेला गरेर भिडियो गेमको नाममा पैसाको चलखेल हुने र हारजित हुने खेल खेलाएको आरोप उनीहरुलाई लागेको छ ।ज्याकपटको नाममा जुवा खेलाएको र पैसाको ठूलो चलखेल हुने गरेको जन गुनासो आएकाले प्रहरीले पौडेलद्धयलाई समातेको हो ।

