Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

देशको वर्तमान राजनीतिसँग मिल्दो ‘नागरिक’

फिल्मीखबर, काठमाडौं, 2015/10/28

फिल्म ‘नागरिक’मा कलाकार सरिता गिरीले बोल्ने संवाद छ, ‘तपाई गृहमन्त्री म प्रधानमन्त्री । फिल्मको पर्दा जस्तै छ अहिलेको नेपाली राजनीति । फिल्मको पर्दामा महिला पात्रले प्रधानमन्त्री हुने हुंकार छोडिरहदा नेपालको राजनीतिमा पहिलो पटक महिला राष्ट्रपति चुनिएकी छिन् ।


कात्तिक २० गतेबाट प्रदर्शनमा आउने यो फिल्मका कार्यकारी निर्माता सत्यराज चौलागाई हुन् । फिल्मको लेखन तथा निर्देशन विमल पौडेलले गरेका हुन् । फिल्ममा विश्व बस्नेत, अनु शाह लगायतका कलाकारले अभिनय गरेका छन् ।फिल्मले राणाशासनदेखि आजसम्मको नेपाली राजनीतिलाई बोकेको छ । फिल्ममा पदका लागि हानाथाप गर्ने नेपाली नेताको शैली पनि देखाइएको छ ।

फिल्म ‘नागरिक’ले नागरिकको आवाज उठाएको भनाई छ, कार्यकारी निर्माता चौलागाइको । उनी फिल्मको बिषयवस्तुले नेपाली नागरिकको अधिकारको कुरा बोल्ने ठोकुवा गर्छन् ।
प्रदर्शन मिति सर्दा सर्दै कात्तिक २० गते आइपुगेको यो फिल्मको बिषयवस्तु नेपालका राजनीति सापेक्ष भएको सत्यको भनाई छ ।

Most Visited News (monthly)