Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बेकार ‘शानदार’

एजेन्सी, मुम्बई, 2015/10/27

शाहिद कपुर र आलिया भट्टको अभिनय रहेको ‘शानदार’ बेकार भएको छ । पहिलो दिन राम्रो सुरुवात गरेको फिल्मले ५ दिनमा जम्मा ३५ करोड कमाई गरेको छ । दशैंको अवसरमा बिहिबार नै रिलिज भएको फिल्मले पहिलो दिन १३ करोड कमाई गरेको थियो भने दोस्रो दिन ७ करोड । राम्रो कमाई हुने आइतबार फिल्मको कमाई ६ करोडमा सिमित भएको थियो । सोमबार कमाई २ करोडमा झरेको थियो ।


फिल्मले भारतभर कुनै पनि ठाउँमा आकर्षक व्यापार गरेन । समिक्षकसँगै साधारण दर्शकले पनि फिल्म बेकार रहेको प्रतिक्रिया दिए ।‘क्विन’ जस्तो सफल फिल्म निर्देशन गरेका बिकास बलले राम्रै फिल्म बनाएको अनुमान थियो । फिल्ममा शाहिद र आलियाको जोडीलाई पनि धेरैले अपेक्षाको नजरले हेरेका थिए तर झुर कथामा तानतुन गरेर बनाएको फिल्मलाई कलाकारले पनि बचाउन सकेनन् ।


फिल्म फ्लप भएसँगै आलियाको खातामा पहिलो फ्लप फिल्म दरिएको छ । यसअघि तीन फिल्ममा अभिनय गरेकी आलियाकै तीनै फिल्म सुपरहिट भएका थिए ।‘हैदर’बाट थुप्रै अवार्ड हात पारेका शाहिदको पनि यो साल खराब भएको छ । यो सालको पहिलो रिलिज नै डब्बा भएपछि शाहिदको करिअर पनि संकटमा परेको छ ।

Most Visited News (monthly)