Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.67/5.00)
Text size:-
+
-

के हिन्दी फिल्म विस्थापित गर्लान् निखिलले ?

फिल्मीखबर, काठमाडौं, 2015/11/04

५ बर्ष मुम्बइ बसेर नेपाल आएपछि अभिनेता निखिल उप्रेतीको मुखबाट राष्ट्रियता र फिल्म मोहका गफ खुबै सुन्न थालिएको छ ।  उनले विदेशी फिल्म नेपालमा चलाउनु हुदैन भन्दा पनि राम्रा फिल्म चले आफै  विस्थापित हुने कुरा गर्दै आएका छन् । कुनै कार्यक्रममा पुग्ने वित्तिकै माइक समातेर निखिल यही कुरा गर्छन् । निखिल आफूले विदेशी फिल्मलाई विस्थापित गर्ने दाबी गर्दै ।


अब, निखिलको यो बोली व्यवहारमा लागू हुन्छ या हुदैन,दर्शकले उनलाई पत्याउछन् या पत्याउदैनन् भन्ने कात्तिक २५ मा थाहा हुनेछ । नेपालका चर्चित स्टार र बलिउडका सुपरस्टारको भिडन्त तिहारमा हुँदैछ । नेपालका चर्चित वितरक गोपाल कायस्थको फिल्म ‘लुटेरा’ र गोपिकृष्णले २ करोड नेपाली रकम हालेर किनेको बलिउड अभिनेता सलमान खानको फिल्म ‘प्रेम रतन धन’ पायो एकसाथ चल्दैछ ।

वुधबारबाट ‘लुटेरा’ चल्नेछ भने शुक्रबारबाट सलमानको फिल्म ।नेपाली सुपरस्टार र बलिउडका सुपरस्टारको यो भिडन्त रोचक हुनेछ । निखिल उप्रेतीले राम्रो फिल्म बनाएर र खेलेर विदेशी फिल्म विस्थापित गर्ने बताउँदै आएका छन् । अब, सलमान खानलाई निखिलले विस्थापित गर्छन् या गर्दैनन्, ‘लुटेरा’ र ‘प्रेम रतन धन पायोको’ भिडन्तले देखाउनेछ ।

Most Visited News (monthly)