Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिस नेपाललाई चर्को मूल्य ?

फिल्मीखबर, काठमाडौं, 2015/11/03

नेपालको सवैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो, मिस नेपाल । २० बर्षदेखि आयोजना हुदै आएको यो प्रतियोगितामा एक सुन्दरीले विजय हासिल गरेर भाग्य चम्काउँछिन् । उनको चर्चा खुबै हुन्छ ।तर, अधिकांश मिस नेपालका विजेताहरुले समाजका लागि उल्लेखनिय योगदान गरेको देखिदैन । बर्षभरी चर्चा पाएपनि नयाँ मिस नेपालले रिप्लेस गरिदिएपछि उनीहरु हराउने गरेका छन् । धेरै मिस नेपालको रोजाइमा त म्यूजिक भिडियो वा फिल्म नै छ ।


झरना बज्रचार्यदेखि मलिना जोशी हुदै श्रृष्टी श्रेष्ठलाई हेर्ने हो भने यही देखिन्छ । रुवी राणा, झरना बज्राचार्य, उषा खड्कादेखि धेरै मिस नेपाल यही क्षेत्रमा संलग्न छन् । कोही बुटिक क्षेत्रमा छन् त कोही फिल्ममा । यतिबेला, पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठलाई एक फिल्मका लागि राम्रो पारिश्रमिक दिएको चर्चा छ । रोहित अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘गाजलु’मा श्रृष्टीले महंगो पारिश्रमिक लिएको चर्चा गर्माएको छ, बजारमा । तर, श्रृष्टीमाथिको लगानी रोहितका लागि के सही होला, चर्चा पनि चलेको छ ।


नेपाली फिल्मका लागि मिस नेपाल खासै फापेका छैनन् । हुनत, फिल्ममा अभिनेता अनमोल केसीले पनि महंगो पारिश्रमिक लिएका छन् । अनमोलको क्रेज नेपाली फिल्म क्षेत्रमा खुबै छ । यसैले फिल्म चलि हाल्यो भने अनौठो नमान्दा हुन्छ । खुबै चलेका भनेर छापामा छाएका फिल्मले पनि  निर्माताको लगानी उठाएनन् भनेर अर्को चर्चा सुरु भएको छ । राम्रैसँग चलेको भनिएको फिल्म ‘जेरी’ले पनि अन्तमा निर्माताको लगानी नउठाएको चर्चा चलेको थियो । सोही सन्दर्भमा यति महंगो पारिश्रमिक दिएर कलाकार खेलाउँदा निर्माताको लगानी कसरी सुरक्षित हुन्छ ? निर्माता निर्देशकले बेलैमा सोच्दा वेश होला ?

Most Visited News (monthly)