यूएसएआइडीले विभिन्न शीर्षकमा नेपाली सिरियल बनाउँदै आएका हो । सरसफाई, शिक्षा र समावेशी राज्य सहित अनेक विषयमा युएसआइडीले सिरियल बनाउँदै आएका उदाहरण छन् । र यस्ता अधिकांश सिरियल मह संचारले बनाउँदै आएको छ । उक्त संस्थाको सहयोगमा बन्ने सिरियलमा अधिकांश मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको टिमको संलग्नता हुन्छ ।
तर, मंगलबार प्रिमियर गरिएको ‘सिंहदरबार’ नामक सिरियलमा बने नयाँ टिम आएको छ । मह जोडीमा सिमित रहेको यूएसएआइडी अब बाहिर गएको चर्चा हुन थालेको छ ।
छिरिङरिता शेर्पाको निर्देशनमा करिब ९ महिना लगाएर यो सिरियल तयार भएको छ । गौरी मल्ललाई प्रथम महिला प्रधानमन्त्री बनाएर सिरियल बनाइएको हो । यूएसएआइडीले अब मह जोडीलाई छाडेर सिरियलमा लगानी गर्न थालेको देखिएको छ ।
करिब २ सय ५० जना नेपाली कलाकार तथा प्राविधिकले काम पाएको निर्देशक शेर्पा बताउँछन् ।सर्च फर कमन ग्राउन्डको नेतृत्वमा बनेको ‘सिंहदरबार’ यही २९ गतदेखि नेपाल टेलिभिजनबाट आइतबार ९ बजे प्रसारण हुँदैछ । यस अघि यही टिमले ‘हाम्रो टिम’ बनाएको थियो जसमा समावेशी राज्यको अवधारणा देखाउने प्रयास गरिएको थियो ।

