करन सिंह ग्रोबर जम्मा एक फिल्म जेठा अभिनेता हुन् । तर सेक्सी अभिनेत्री विपाशा वसुसँगको अफेयरका कारण उनको चर्चा चल्तीको अभिनेता भन्दा कम भएन । जोन अब्राहम र हरमन बावेजासँगको ब्रेक अप पछि करणसँग अफेयरमा परेकी विपाशा आज भोलि फिल्म कम करणसँगको अफेयरले मात्र खबरमा हुन्छिन् । करण र विपाशा ‘अलोन’ भन्ने फिल्म खेलेपछि एक भएका थिए ।
तर आजभोलि यि दुईको बीचमा अर्की अभिनेत्री आएको खबर छ । भारतीय मिडियामा आएको खबर अनुसार करण आजभोलि ‘हेट स्टोरी ३’ फेम अभिनेत्री जरिन खानसँग डेट गरिरहेका छन् । दुवैले यही फिल्ममा जोडीको रुपमा अभिनय गरेका छन् ।फिल्म प्रचारको बहानामा करणले आजभोलि विपाशा भन्दा ज्यादा जरिनसँग समय बिताउन थालेको मिडियाको दाबी छ । सार्वजनिक गीतमा इन्टिमेटमा सिनमा समेत दुवैको सहज प्रस्तुतिले दुवैको बीचमा केही पाकिरहेको अनुमान गर्नेलाई बल पुगेको छ ।
त्यसो त करण केटी खेलाउने मामिलामा माहिर मानिन्छन् । उनले यसअघि दुई पटक विवाह गरिसकेका छन् जुन दुवै डिभार्समा परिणत भएका थिए । करणले सन् २००८ र २०१२ मा विवाह गरेका थिए र दुवै श्रीमतिसँग एक वर्षकै अन्तरालमा डिभोर्स गरेका थिए ।केटी चाख्न माहिर करणले कतै विपाशालाई पनि छाड्न लागेका त होइनन् ?

