बलिउड अभिनेत्री रनवीर सिंहसँग ‘हट’ र रणवीर कपुरसँग ‘क्युट’ लाग्छिन् रे । तर यो अरु कसैको होइन दीपिकाकै ब्वाईफ्रेण्ड रनवीर सिंहको भनाई हो । दीपिका दुई फिल्म यो साल पालै पालो रिलिज हुँदैछन् । रणवीर कपुरसँग ‘तमासा’ र रनवीरसँग ‘बाजीराव मस्तानी’ ।
यही ‘बाजीराव मस्तानी’को पोस्टर रिलिज कार्यक्रममा पत्रकारले दीपिको जोडी दुई अभिनेता मध्ये कोसँग सुहाउँछ भन्ने प्रश्नको उत्तरमा रनवीरले यस्तो उत्तर दिएका हुन् । उनले पत्रकारको प्रश्नको उत्तर दिँदै दीपिका आफूसँग हुँदा हट लाग्ने र रणवीरसँग हुँदा क्युट लाग्ने भन्दै रणवीर र दीपिका अभिनेता दुई फिल्म ‘ये जवानी है दिवानी’ र ‘तमासा’को उदाहरण दिएका थिए ।
रनवीरसँग अफेयरमा पर्नु अघि दीपिकाको अफेयर रणवीर कपुरसँग थियो । ‘बचना ए हसिनो’ खेल्दा फलेको फुलेको उनीहरुको माया दुई वर्ष नपुग्दै ओइलाएको थियो । त्यसयता रणवीरले कट्रिना कैफसँग रोमान्स गरिरहेका छन् भने दीपिकाले किंगफिसर मालिक विजय माल्याका छोरा सिद्धार्थ माल्यासँग रोमान्स गरिन् । तर सिद्धार्थसँगको रोमान्स छाडेर हाल दीपिका रनवीरसँग प्रेमको गाडी दौडाईरहेकी छिन् ।रनवीर सिंहको यस्तो अभिव्यक्तिमा निश्चित नै छ कि दीपिकाले केही भन्ने छैनन् तर रणवीर कपुरले केही जवाफ दिने हुन् कि ?

