Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नागरिक’ हेर्न निशा

फिल्मीखबर, काठमाडौं, 2015/11/08

शुक्रबार देखि अल नेपाल रिलिजमा आएको फिल्म ‘नागरिक’ को विशेष शो आयोजना गरिएको छ । सुन्धारास्थित सिने दि सेफमा आयोजित यो राजनीतिक फिल्मको विशेष शोमा नायिका निशा अधिकारी सहभागी थिइन् । आउँदो साता आफ्नो फिल्म ‘लुटेरा’ प्रदर्शनको चपेटामा रहेकी निशाले फिल्ममा कलाकारको अभिनय उत्कृष्ट रहेको प्रतिक्रिया दिइन् ।

 

विमल पौडेल निर्देशित फिल्ममा विश्व बस्नेत, रमेश बुढाथोकी, गणेश उप्रेती, सरिता गिरी, अनु शाह लगायत कलाकारहरुको अभिनय रहेको छ । सत्यराज चौलागाईंको कार्यकारी निर्माण रहेको फिल्म ‘नागरिक’ ले प्रदर्शनको सुरुवातमा पेट्रोल अभावको असर बेहोर्नु पर्यो । उनले सार्वजनिक बिदाको दिन शनिबार हलमा दर्शक बढ्ने अपेक्षा व्यक्त गरे । आयुश्री राजभण्डारी र सर्भानि राज्य दुलालको संयुक्त निर्माण रहेको फिल्म छायाँकन सकेको तीन वर्ष पछाडी प्रदर्शनमा आएको हो ।

Most Visited News (monthly)