Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केकी अब रकस्टार

फिल्मीखबर, काठमाडौं, 2015/11/08

फिल्म ‘बागमती’मा अभिनेत्री केकी अधिकारी रकस्टार बनेकी छिन् । ‘सानु एक्लै छौ’ बोलको गीतमा केकीलाई रकस्टारको भूमिकामा देखाइएको छ । केकीले रक स्टार बन्नका लागि केही समय गिटार पनि सिकेकी थिइन । विजय सत्यालको शब्द, एएस रामको संगीत रहेको गीतमा विश्व नेपालीले आवाज भरेका छन् ।

 

गीतमा केकीको साथमा गायक विश्वलाई देख्न सकिन्छ । फिल्ममा केकी अधिकारीको साथमा राजेश हमाल र शिव श्रेष्ठलाई पनि देखाइएको छ । दक्षिण भारतीय निर्देशक सन्नी केरालाले निर्देशन गरेको फिल्मलाई दिनेश दर्शनधारी र विजय सत्यालले निर्माण गरेका हुन् । फिल्ममा दक्षिण भारतीय टिमले काम गरेको छ । यो फिल्म पौष २४ गतेबाट नेपालमा चल्नेछ ।फिल्मका निर्माता तथा निर्देशकले अभिनेता राजेश हमाललाई पूर्ण रुपमा प्रमोशन गरिरहेका छन् । हमालको अगाडि केकी र शिवको चर्चा कम छ ।

 

Most Visited News (monthly)