Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ईन्काउन्टर अफिसर’को छाँयाकन शुरु

फिल्मीखबर, काठमाडौं, 2015/11/07

लामो समय पछि चलचित्र ‘भैरब’मार्फत् नेपाली चलचित्र क्षेत्रमा दरिलो तरिकाले फर्केका अभिनेता निखिल उप्रेती पुन: चलचित्र ‘ईन्काउन्टर अफिसर’ मा एक्सन भुमिकामा देखीने भएका छन् । उनी आफैले निर्देशन गरेको चलचित्र ‘भैरब’ले निखीलको स्टारडमलाई फर्काएपछि उनको डिमाण्ड समेत बढ्न थालेको छ ।

 

शनिबार कोटेश्वर स्थित महादेबस्थान मन्दिरमा चलचित्र ‘ईन्काउन्टर’ अफिसरको शुभ मुर्हत गरी छाँयाकन सुरु गरिएको छ । प्रहरी निरिक्षक धर्मराज भण्डारीले क्ल्याप ठोकेर मुर्हत गरेका हुन् । मुर्हतमा मुख्य हिरो निखिल उपस्थित हुन नसके पनि अन्य कलाकारले मुर्हत शट दिए । यद्दपी निर्माण पक्षले निखिलको भने खुलेरै प्रशंसा गरे ।

 

यस अघि चलचित्र ‘कुर्बान’ र ‘संजोग’ निर्देशन गरिसकेका निर्देशक बेद प्रसाद भुर्तेलको निर्देशनमा निर्माण गरिने चलचित्रलाई हर्क देउवाले लगानी गर्ने भएका हुन् । प्रतिक श्रेष्ठ सह-निर्माता रहने फिल्मालाई सेवान्तिका फिल्मस र एभरेष्ट फिल्मसको संयुक्त ब्यानरमा निर्माण गर्ने लागिएको हो ।

 

कुशल ब्यापारी र युबा नेताको छबि बनाएका देउवाले फिल्म देशको बर्तमान अबस्थामा केन्द्रित रहने बताउदै चलचित्र उद्योगलाई सरकारले समेत बेवास्था गरेको प्ररिप्रेक्ष्यमा कर्पोरेट र पोल्टिसियनको समेत सहभागिता आबश्यक रहेकाले नै चलचित्र निर्माणमा प्रबेश गरेको बताए ।

 

त्यसैगरी निर्देशक भुर्तेलले चलचित्रले अहिले देशमा रहेको जटिल परिस्थितिलाई समेत मुख्य मुद्दाका रुपमा उठान गरेको बताए । उनी भन्छन् ‘मैले यस अघिका २ चलचित्र पुर्णरुपमा ब्यबसायिक धारका बनाए तर यो सिनेमाले राष्ट्रियतालाई पनि अगाडी बढाउनेछ’ । यसो त देशमा भएका दलाली र डनहरुको ‘ईन्काउन्टर’मा पनि चलचित्र केन्द्रित हुनेछ । उनले थपे ।

 

यस चलचित्रमा निखिल उप्रेती सहित दिल कृष्ण श्रेष्ठ,प्रज्वल गिरी, प्रतिक श्रेष्ठ, डिबी लामा लगायतका कलाकारको अभिनय रहनेछ भने केहि कलाकारको छनौट हुन बाँकी रहेको निर्माण पक्षले मुर्हत समारोहमा जानकारी गराएको छ । चलचित्रलाई शिबम् अधिकारीले लेखेका हुन् ।

 

साथै चलचित्रमा हिमाल केसीको दन्द निर्देशन रहनेछ । अर्जुन पोख्रेल र केशर कुमार कालिकोटेको संगीतका गीतलाई दिनेश पाख्रिनले नृत्य निर्देशन गर्नेछन् । चलचित्रलाई सौरभ लामाले खिच्नेछन् भने नबराज शर्मा फिल्मका सहायक निर्देशक हुन् ।चलचित्र करिब २ महिना छाँयाकन हुने निर्माता देउवाले जानकारी गराए ।

Most Visited News (monthly)