व्यापार विश्लेषकको अनुमानलाई सत्य साबित गर्दै सलमान खान सोनम कपुरको अभिनय रहेको फिल्मले सय करोड कमाएको छ । फिल्मले जम्मा तीन दिनमा सय करोड कमाएको हो । दिपावलीको अवसर पारेर रिलिज भएको फिल्मले तीन दिनमा १०१ करोड कमाई गरेको छ ।
सुरज बडजात्या र सलमान खानले १६ वर्षपछि सँगै काम गरेको फिल्मले पहिलो दिन ४० करोड दोस्रो दिन ३१ करोड र तेस्रो दिन ३० करोड कमाई गर्दै सय करोड क्लबपमा प्रवेश गरेको हो ।सय करोड क्लबमा प्रवेश गर्ने सलमानको यो नवौं फिल्म हो । सन् २०१५ भित्रमा रिलिज भएका फिल्ममा भने सलमानको यो फिल्म ५ औं नम्बरमा परेको छ ।
यही साल सलमानकै ‘बजरंगी भाईजान’, ‘एबीसीडिी २’ ‘तनु वेड्स मनु रिटन्र्स’ र ‘बाहुबली’ले सय करोड भन्दा ज्यादा कमाई गरिसकेका छन् ।राम्रो कमाईगरे पनि फिल्मले समिक्षकलाई भने सन्तुुष्ट बनाउन सकेन । अधिकांश समिक्षकबाट फिल्मले डेढ देखि दुईसम्मको रेटिङ पाएको छ जुन अपेक्षा भन्दा निकै कम हो ।

