Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मल्टिप्लेक्सको सौतेनी व्यवहार, मल्टिप्लेक्समा पाउँदैनन् निखिल, रेखा र राजेशका फिल्मले स्थान

फिल्मीखबर, काठमाडौं, 2015/11/15

नेपाली फिल्ममा मुलधार र फरकधारका फिल्म भनेर चर्चा हुन थालेको त केही बर्ष भैसक्यो । फिल्म बनाउने पनि यो मुलधारका दर्शकका लागि र यो फरक धारका दर्शकका लागि भनेर फिल्म बनाउँछन् । फिल्म क्षेत्रमा देखिएको यो भिन्नता कलाकारमा पनि स्पष्ट देखिएको छ ।मल्टिप्लेक्समा कि त हिन्दी फिल्म चल्छन् कि त अंग्रेजी । चलिआएको खण्डमा नेपाली फिल्मका कलाकार हेरेर शो दिने गरिन्छ । दयाहाङ राई, सौगात मल्लले अभिनय गरेका फिल्मले मल्टिप्लेक्समा ज्यादा स्थान पाएका छन् ।


फिल्म ‘भैरव’ चल्दा अभिनेता निखिल उप्रेती यही भेदभावलाई लिएर कड्किएका थिए । आफ्ना लागि मल्टिप्लेक्स होइन भने होइन भन्दा हुन्छ भन्दै  निखिलले मल्टिप्लेक्स हल विरुद्ध आवाज छेडेका थिए । अहिले उनले नै अभिनय गरेको अर्को फिल्म ‘लुटेरा’ पनि यही समस्याबाट ग्रसित छ । निखिल भएकै कारण यो फिल्मले मल्टिप्लेक्समा स्थान पाएन । वितरक तथा प्रस्तुतकर्ता गोपाल कायस्थ मल्टिल्ेक्समा निखिलको फिल्म भनेर नचलाइएको गुनासो गर्छन् । उनले मल्टिप्लेक्समा पनि आफ्नो फिल्म चलेको भए व्यापार अझ राम्रो हुने जानकारी दिए ।


निखिलको मात्र होइन, अभिनेता राजेश हमाल, विराज भट्ट, अभिनेत्री रेखा थापा लगायतका फिल्म मल्टिप्लेक्समा चल्दैनन् । हल संचालकहरु यी अभिनेताका फिल्म भनेपछि चलाउन नै आनकानी गर्ने गरेको गोपालको भनाई छ ।मल्टिप्लेक्समा संचालकहरुले आफ्नो वेभसाइटमा राखेर फिल्म चलेको जानकारी नै दर्शकलाई नदिने गरेको गोपाल बताउँछन् । प्रचार नगरेपछि फिल्म चलेको नचलेको दर्शकले  थाहा नपाउने र चलेन भनेर २ शो मै उतारिदिने गरिएको उनको गुनासो छ । अरुलाई काखा र आफ्ना पाखा गर्ने मल्टिप्लेक्सको यस्तो रवैया कहिलेसम्म टिक्ला ?

Most Visited News (monthly)