Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.00/5.00)
Text size:-
+
-

फर्किदै स्टारडम

फिल्मीखबर, काठमाडौं, 2015/11/15

लामो समयदेखि खडेरी पर्दै आएको नेपाली फिल्मको स्टारडम अब फर्किन थालेको छ । बर्षमा सय फिल्म प्रदर्शनमा आएपनि स्टारडमको अभावले ती फिल्म चल्न सकेका थिएनन् । प्रचार राम्रो भएको खण्डमा केही फिल्म चलेपनि अन्य फिल्मले हावा खाएका थिए । अब भने नेपाली फिल्ममा स्टारडम देखिन थालेको छ ।

 

अभिनेता निखिल उप्रेती ५ बर्षपछि फिल्म क्षेत्रमा फर्किएपछि उनको क्रेज ह्वात्तै देखिएको छ । ‘भैरव’बाट दर्शकको अपार पाएका निखिलले फेरि ‘लुटेरा’मा बाजी मारेसँगै यसको संकेत देखिएको हो । लगातार २ फिल्म हिट दिएका निखिलका लागि दर्शक अझै प्रतिक्षामा थिए भन्ने पुष्टि हुन्छ । तर, निखिलले फिल्म छान्दा ध्यान दिनुपर्ने चुनौती पनि छ ।

 

निखिलसँगै रुचाइएका अभिनेता विराज भट्ट पनि अब फिल्ममा फर्किदैछन् । उनलाई निर्माता रोज राणाले फिल्म ‘परशुराम’बाट फिल्म क्षेत्रमा भित्राउन लागेका हुन् ।निखिलको द्धन्द्धलाई पनि दर्शकले साथ दिएका थिए । निखिल र विराजले आफ्नो स्टारडमलाई बचाउने हो भने बर्षमा कम्तीमा ४ वटा फिल्म चल्ने पक्का देखिन्छ । निखिल र विराज जस्तै अभिनेत्री रेखा थापाको फिल्म पनि स्टारडमकै कारणले चलेको पाइन्छ । रेखाले पनि बर्षमा एउटा फिल्ममा निर्माण गरेर आफै खेल्ने गरेकी छिन् ।

Most Visited News (monthly)