Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेरि पुराना कलाकारकै भर

फिल्मीखबर, काठमाडौं, 2015/11/16

फिल्म क्षेत्र फेरि यतिबेला पुराना कलाकार र निर्माताको भरमा पर्न थालेको छ । नयाँ कलाकार तथा मेकरको बलमा फिल्म क्षेत्र गतिलो तबरले अगाडि बढेन । निखिल उप्रेती, विराज भट्ट, सरोज खनाल हराए । झरना थापा, रेखा थापा जस्ता कलाकारले कम फिल्म खेल्न थाले । फिल्म क्षेत्रमा आर्यन सिग्देल, जीवन लुइटेल, केकी अधिकारी, प्रियंका कार्की जस्ता कलाकारको हालिमुहाली बढ्न थाल्यो ।

 

तर, यी कलाकारले फिल्म क्षेत्रलाई उभो लगाउन सकेनन् । बर्षमा अफर आएका सबै फिल्म खेल्ने, दिनहु टीभी र सार्वजनिक कार्यक्रमदेखि बाटोमा देखिने यी कलाकारलाई दर्शकले पत्याउँदै पत्याएनन् सकेनन् । जसका कारण फेरि अब पुराना कलाकारले नै फिल्म क्षेत्र धान्नु पर्ने अवस्था आएको देखिन्छ ।अभिनेता निखिल उप्रेती फर्केसँगै अहिले बजारमा उनको मात्र चर्चा हुन थालेको छ । ३ महिनाको अन्तरमा निखिलका २ वटा फिल्म रिलिज भए । दर्शकले उनलाई हलमा बोके, सम्मान दिए र फर्केकोमा धन्यवाद दिए । यस्तो अवस्था नयाँ कलाकारमा खासै देखिएन ।

 


अभिनेता विराज भट्ट पनि फर्कने तयारीमा छन् । अभिनेत्री रेखा थापा आफै फिल्म निर्माणमा हात हालेर बर्षमा एउटा फिल्म हिट दिन तल्लिन छन् । अभिनेत्री झरना थापा ‘ए मेरो हजुर २’ बाट निर्देशक बन्दैछिन् भने लामो समय फिल्म मेकिङबाट हराएकी अभिनेत्री करिश्मा मानन्धरले ‘फागु’ बनाइसकेकी छिन् ।अभिनेता सरोज खनाल पनि अमेरिकाबाट फर्केर फिल्म अभिनयमा व्यस्त छन् । उनी पनि चाडै फिल्म बनाउने तयारीमा छन् ।

 

अभिनेता रमेश उप्रेती हुन् वा अभिनेत्री गौरी मल्ल, अमेरिकाबाट फर्केर फिल्म क्षेत्रमा व्यस्त छन् । दर्शकले नयाँ कलाकार भन्दा पुरानालाई नै माया दिएका छन् । केही अभिनेत्री वा अभिनेता संख्यात्मक फिल्ममा ज्यादा देखिएर आफूलाई स्टार भएको भ्रम पालिरहेका छन्् । तर, हलमा उनीहरुलाई हेर्ने दर्शकको संखया छैन भने पनि हुन्छ । झन्, धेरै अभिनेता र अभिनेत्री त फेसबुकका लागि मात्र अभिनयमा लागेको देखिन्छ । यस्तो अवस्थामा नेपाली फिल्म फेरि पुरानै कलाकारको काँधमा फर्किएको छ ।

Most Visited News (monthly)