Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोल बोकेर भुवन केसी युएईमा

फिल्मीखबर, काठमाडौं, 2015/11/19

दुबैजना चलचित्रमा स्टारडम बोकेका कलाकार भएपनि अभिनेता भुवन केसी र पुत्र अनमोल केसी कमै मात्र कार्यक्रममा सँगै देखिन्छन् । तर सँगसँगै भेटिँदा भने एकअर्काको आपसमा तारिफ गर्न बिर्सिँदैनन् । यो बीचमा केसी बाबुछोरा एकसाथ युएई पुगेका छन् । शुक्रबार बरदुबईमा हुने एक कार्यक्रमको लागि भुवन र अनमोल दुबै पुगेका हुन् ।

 

२ महिना पहिले स्थापना भएको कलाकारितासँग सम्बन्धित संस्था ‘नेपलिज आर्टिस्ट ग्रुप’ (नेपाली कलाकार समुह ) ले आयोजना गरेको सांस्कृतिक कार्यक्रमको लागी उनीहरु युएई पुगेका हुन् । शुक्रबार हुने कार्यक्रममा भुवन र अनमोल त्यहाँ रहेका नेपालीहरुसँग साक्षात्कार गर्नेछन् भने आफूले खेलेका चलचित्रका हिट संवाद पनि बोल्नेछन् ।यसअघि युएई पुग्दै गर्दा भुवन र अनमोललाई नेपाली कलाकार समूहले विमानस्थलमा स्वागत गरेको थियो । युएईको कार्यक्रम सकाएर यो हप्ता नै दुबैजना नेपाल फर्किने आयोजकले जनाएको छ । कार्यक्रमको व्यवस्थापनको काम समाजसेवी नेपाली रतन थापाले गरेका छन् ।

Most Visited News (monthly)