Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्रको पर्दामा भूकम्पको केन्द्रविन्दु

फिल्मीखबर, काठमाडौं, 2015/11/19

गत बैशाख महिना र त्यसयता पटक पटक गरेर आएको विनाशकारी भुकम्पको केन्द्रविन्दु बनेको गोरखा जिल्लाको बारपाकमा खिचिएको चलचित्र ‘टिष्टापारीको साईनो’को फस्टलुक टिजर सार्वजनिक गरिएको छ । चलचित्रले भूकम्प पहिलेको बारपाकलाई देखाउनेछ । सार्वजनिक टिजरमा गुरुङ तथा मगर समुदायमा नाचिने घाटु नाचलाई देखाईएको छ ।

 

नेपाली र भारतिय समुदायका दुई पात्रको प्रेम साईनोलाई बोल्ने यो चलचित्रलाई खिलबहादुर गुरुङले निर्देशन गरेका हुन् । चलचित्रको कथा पनि गुरुङको नै हो । वाई के मेघी गुरुङ र रोजर गुरुङको संयुक्त लगानी रहेको ‘टिष्टापारीको साईनो’मा निर्देशक खिलबहादुरसँगै अमिर गुरुङ लगायत अभिनयमा छन् । भुकम्प पहिलेको गोरखालाई बुझ्न र नजिकबाट चिन्नको लागी पनि चलचित्र हेर्नुपर्ने बनेको निर्माण टिमको दाबी छ ।  


 

Most Visited News (monthly)