पछिल्लो समय धेरै चलचित्रले रोमान्टिक भन्दै लभ स्टोरीे तथा कमेडी जनराका गीतहरुलाई समेट्छन् । जहाँ टिपिकल नेपाली परिवेश बोल्ने कमै गीतले स्थान पाएका हुन्छन् । तर यही बीचमा टिपिकल नेपाली परिवेशको झल्को दिने गीत रिलिज भएको छ । पौष १७ मा रिलिज हुने चलचित्र ‘धौली’को सार्वजनिक गीतमा नेपाली परिवेश र संस्कृतिको गन्ध भेट्न सकिन्छ ।
आउँदो पुष १० गते नै सार्वजनिक हुने गीत फिल्मको कथासँग बाँधिएर आएको छ । बसन्त सापकोटाको संगीत रहेको गीतमा स्वर ताराश्री मगरको छ । चलचित्रको कथा सन्तोष कुमारको हो । घनश्याम लामिछानेले निर्देशन गरेको यो चलचित्रमा गीता अधिकारी, विष्णु गौतम, गजित बिष्ट, अनु शाह, प्रकाश घिमिरे, विद्या कार्की लगायतको अभिनय छ । ‘धौली’मा किरणकुमार अत्रेया, सन्तोषकुमार अत्रेया, सम्भु थापा र नरबहादुर गोदारको संयुक्त लगानी छ ।
हेर्नुहोस गीत :

