Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15763 - 15768 of 23745
फिल्मीखबर, काठमाडौं, 2015-07-15, बुधवार

फिल्म भाग् सानी भाग्ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो फिल्मलाई माघे संक्रान्तीको बिदामा रिलिज गरिने प्रस्तुतकर्ता चेतन सापकोटाले बताए । उनका अनुसार फिल्म राम्रो बनेकाले बिदाको दिनमा रिलिज गर्दा निर्मातालाई पनि फाइदा हुनेछ ।

फिल्मीखबर, काठमाडौं, 2015-07-15, बुधवार

अभिनेता जीवन लुइटेल र एक इन्सपेक्टरको झापाको  वुधबारेमा झगडा परेको छ । झगडाले उग्र रुप लिएपछि जीवन इन्सेपक्टरसँग मुक्का मुक्कीमै उत्रिएका छन् । उदय सुब्बाले निर्देशन गरिरहेको  फिल्म रिफ्यूजीका लागि यो दृश्य खिचिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2015-07-15, बुधवार

बलिउडमा अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोण सफल छन् । दुबैका फिल्मले १ सय करोड भन्दा माथिको व्यापार गर्छन् । तर, यी दुई कलाकार एकसाथ फिल्ममा देखिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-07-14, मंगलवार

अर्थमन्त्री रामशरण महतले मंगलबार जारी गरेको बजेटमा फिल्म नगरी स्थापना गर्ने कार्यक्रलाई प्राथमिकताको सूचीमा समेटेका छन् । त्यसो त सरकारको चलचित्र नगरी बनाउने घोषणा पहिलो भने होइन । अघिल्लो वर्षपनि सरकारले सुटिङ स्टुडियो बनाउने र देशी विदेशी फिल्मको सुटिङ गन्तव्यस्थल बनाउने घोषणा गरेको थियो । घोषणामा परेको भएपनि यो सम्बन्धी काम सर्वेक्षण भन्दा अगाडि जान सकेको छैन ।

एजेन्सी, मुम्बई, 2015-07-14, मंगलवार

दीपिका पादुकोण क्यान्सर बिरामी बन्ने भएकी छिन् । हलिउड फिल्म ‘फल्ट इन अवार स्टार्स’को बलिउड रिमेकमा दीपिकाले क्यान्सर पीडित युवतीको भूमिका निर्वाह गर्ने कन्फर्म भएको हो ।

फिल्मीखबर, काठमाडौं, 2015-07-14, मंगलवार

फिल्म होस्टेलबाट नेपाली रजतपटमा अभिनेता बने सलोन बस्नेत । निर्देशक शोभित बस्नेतका छोरा भएकाले पनि उनको चर्चा धेरै भयो । यस्तै, फिल्म ‘सायद’बाट रजतपटमा उदाए संयम पुरी । उनी निर्देशक नारायण पुरीका छोरा हुन् ।

Results : 15763 - 15768 of 23745
Most Visited News (monthly)