पौष १० रिलिज मिति तोकिएको फिल्म 'टिष्टा पारीको साईनो’को अफिसियल गीत रिलिज भएको छ । रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचारलाई तिब्रता दिंदै गीत सार्वजनिक गरेको हो । वियोगान्त शैलीको गीतमा राज सिग्देलले आवाज दिएका छन् ।
सार्वजनिक 'सपनाले लट्यो कहिले' बोलको गीतमा संगीत आँशु लामा र नर्जन गुरुङको छ । खिलबहादुर गुरुङको निर्देशन रहेको यो फिल्मले दुई फरक समुदायका तर एकै प्रकारको संस्कृतिमा हुर्केका युवायुवतीबीचको प्रेम कहानीलाई बोलेको बताईन्छ । फिल्मको धेरै दृश्य गोरखाको बारपाकमा खिचिएको छ ।
'टिष्टा पारीको साईनो’मा खिलबहादुर गुरुङ, युनिता गुरुङ, अमिर गुरुङ, गजेन्द्र गुरुङ लगायतको अभिनय छ । कलाकारको कोणबाट हेर्दा पनि पर्दामा पौष १० मा गुरुङ संस्कृतिको कथा आउँदैछ भन्दा दुई मत नहोला । यो फिल्ममा लगानी रोजर गुरुङ र मेघी गुरुङको छ ।

